Comments Add Comment

‘सिमरा महोत्सव सीसी टिभीको निगरानीमा, तयारी पूरा


८ चैत, सिमरा । बाराको सिमरामा चैत ९ गतेदेखि शुरु हुने प्रथम सिमरा औद्योगिक व्यापार मेला तथा खेलकुद महोत्सव ०७४ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।

‘आपसी सदभावको पहिचान सिमरालाई नमूना एवं व्यापारिक केन्द्र बनाउने हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ सिमरा रंगशालामा महोत्सव हुन लागेको हो ।

औद्योगिक शान्ति नेपाल काठमाण्डौ र नव दुर्गा युवा क्लब सिमराको मुख्य आयोजनामा हुने महोत्सव १० दिनसम्म चल्ने छ ।

मूल समारोह समितिका सचिव शैलेसराज अर्यालका अनुसार १० दिनसम्म चल्ने खेलकुद महोत्सव समेत हुने छ । खेलकुदमा १६ समूहले सहभागिता जनाउने खेलकुद उपसमितिका संयोजक समिर आलेले जानकारी दिए ।

महोत्सवमा एक दिन महिला फुटबल प्रतियोगिता समेत हुने छ । खेलकुद महोत्सवको बिजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उप–बिजेताले ५० हजार पाउनेछ । खेलकुद महोत्सवमा कुस्ति प्रतियोगितासमेत हुने आलेले जानकारी दिए ।

महोत्सवमा झन्डै ४०० स्टल रहने छन् भने ५० हजारभन्दा बढी दर्शकले महोत्सव हेर्ने आयोजकको अपेक्षा छ । करिव २ करोड बराबरको करोवार हुनेछ ।

महोत्सवको सुरक्षाका लागि सीसी टिभीबाट निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

मेलामा अटोमोबाइल प्रदर्शनी, कृषि तथा हस्तकलाको प्रदर्शनी, साँस्कृतिक प्रस्तुती, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, व्यापार तथा पर्यटकीय प्रदर्शनी, निःशुल्क स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment