Comments Add Comment

फेसबुकको डाटा चोरी प्रकरणमा जुकरवर्गले गल्ती स्वीकारे

भन्छन्- विश्वासघात भयो

८ चैत, काठमाडौं । फेसबुकका करोडौं प्रयोगकर्ताका गोप्य डाटा चोरी भएको प्रकरणमा फेसबुक संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीबाट गल्ती भएको स्वीकारेका छन् । उनले आफूमाथि विश्वासघात भएको भन्दै यसको ब्यवस्थापन गर्ने आश्वासनसमेत दिएका छन् ।

जुकरबर्गले भनेका छन् ‘एप बनाउने अलेक्जेण्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकबीच जे भएको थियो । अहिले विश्वासघात भयो ।’

फेसबुक र अन्य ब्यक्तिमाथी पनि विश्वासघात भएको भन्दै जुकरबर्गले भनेका छन्, ‘जो हामीलाई शेयर गर्थे उनीहरुमाथी पनि विश्वासघात भएको छ ।’

फेसबुकमा जारी बयानमा मार्क जुकरबर्गले भनेका छन् ‘फेसबुक मैले नै सुरु गरेको हुँ । हाम्रो यो मञ्चमा जे हुन्छ । त्यसको जिम्मेवारी मैले लिन्छु ।’

उनले समस्या समाधानका लागि तत्कालै गर्ने कामबारे पनि जानकारी दिएका छन् । उनको भनाइअनुसार सबै एप्सको जाँच गरिनेछ ।

निजी जानकारीको दुरुपयोग गर्ने डेभलपर्सलाई बन्द गर्दै प्रभावितलाई जानकारी दिने उनले बताएका छन् ।

फेरि यस्तो घटना नदोहोरियोस् भन्नका लागि सचेत रहेको उनले बताएका छन् । उनको भनाइअनुसार कुनै पनि किसिमको दुरुपयोग नहोस् भन्नका लागि डेभलपर्सको डाटा एक्सेस सीमित गरिने छ ।

कुनै युजरले तीन महिनासम्म एप्स चलाएनन् भने डाटा एक्सेस डेभलपर्सबाट फिर्ता लिने योजना पनि छ ।

डेभलपर्सले फेसबुक प्रयोगकर्ताको पोस्ट अन्य निजी डेटाको एक्सेसमा लानु अगाडि अनुमति लिनुपर्ने छ । त्यसका लागि करारपत्रमा हस्ताक्षर गराउने योजनामा जुकरबर्ग छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment