Comments Add Comment

साउदीमा गिरिजाप्रसाद कोइरालाको सम्झना


साउदी अरब । नेपाली जनसम्पर्क समिति साउदी अरबले दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको सम्झना गरेको छ ।

कोइरालाको ८ औ स्मृति दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी समितिले उनले पुर्याएको योगदानबारे चर्चा परिचर्चा गरेको हो ।

समितिका सभापति दीपक रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा समितिका अन्य पदाधिकारीहरुका साथै नेपाली कांग्रेस आबद्ध नेपालीहरुको उपस्थिति थियो ।

कार्यक्रमका सभापति रेग्मीले दिवंगत नेताप्रति श्रद्धासुमन अर्पण गर्दै कोइरालाले अबलम्बन गरेको सहमति र सहकार्यको राजनीति अहिले पनि देशका लागि उत्तिकै अपरिहार्य भएको बताए ।

कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष अर्जुन (तुसाङ) थापा, कोषाध्यक्ष द्वारिकाराज गिरी, प्रवक्ता अरुण बेलबासे, सह कोषाध्यक्ष पदमप्रसाद पाँडे, खेलकुद समितिका संयोजक नारायण भट्टराई, केन्द्रीय सदस्य शरद कुमार शर्मा, सौरभ आचार्यलगायतले स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले नेपालको राजनीतिक परिवर्तनमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment