Comments Add Comment

मेलबर्नमा शुक्रबारदेखि मःमः फेस्टिवल, बीस हजार सहभागी हुने

मेलबर्न / मःमः नेपालीहरुको पि्रय खाजा । रेष्टुँराहरुमा खाजा खान जाने नेपालीहरु सवै मेनु हेरिसकेपछि अन्तिममा मःमः नै माग्छन भन्ने उक्ति नेपालमा निकै लोकप्रिय छ ।

बिश्वका बिभिन्न देश जहााजहाा नेपालीहरु फैलिएका छन, नेपालीहरुको यो बानी पनि सँगसँगै लगेका छन् । नेपालीको पर्यायवाची बनेको यही मःमः बिदेशीहरुलाई पनि चखाउने र आर्जित रकम पुण्यकार्यमा खर्च गर्ने सोंचसहित अष्ट्रेलियाको मेलवर्नमा शुक्रबारदेखि मःमः महोत्सव आयोजना हुँदैछ ।

मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजीको मुख्य प्रायोजन र सोलाङचरको आयोजनामा हुन लागेको यो मःमः महोत्सवले मेलवर्नमा निकै चर्चा पाइरहेको छ ।

आयोजक संस्था सोलान्चारका प्रमुख राजु शाक्यले अनलाइनखबरसँग भने-अतियुक्ति हुँदैन भने म यसलाई मः मः क्रान्ति भन्छु । म.म. क्रान्ति भन्नूको अर्थ प्रस्ट्याउँदै शाक्य भन्छन- हजारौँ स्थानीय अस्ट्रेलियनहरु यो सप्ताहको नेपाली मः मः फेस्टिबलको प्रतिक्षामा छन् ।

कयाैंले आफ्ना सामाजिक संजालमा पनि लेखेका छन् , यहाँ का फूड ब्लग्गर देखि स्थानीय संचार माध्यम सम्ममा मःमः फेस्टिबलको निकै चर्चा छ ।

मःमः फेस्टिबलबारे यहाँको बिशेष प्रशारण सेवाको एसबीएस फूड, अर्बान लिस्ट, टाइम आउट, मोर्ल्यांड लिडर लगाएतका आम संचार माद्यमले प्रमुखताका साथ समाचार प्रकाशन गरेका छन् ।

टाइम आउट पत्रिकाले त मेलबर्नमा मार्च महिनामा सहभागी हुनु पर्ने २५ वोटा कार्यक्रमको लिस्ट भित्र नेपाली मःमः फेस्टिबललार्इ राखेको ।

यो फेस्टिबल शुक्रबार बिशेष समारोहबीच शुक्रबार साँझ ५ बजे सुरु हुनेछ र राति १० बजेसम्म चल्ने छ । त्यस्तै शनिबार बिहान ११ देखि राति १० सम्म र आइतबार बिहान ११ बजेदेखि साझ ५ बजे सम्म चल्ने छ ।

धेरै भन्दा धेरैले सहभागिता जनाउन सजिलो होस् र फेस्टिबल पारिबारिक पनि बनोस् भन्नका लागि सप्ताहको मुख्य समय रोजिएको छ ।
नेपाली खाना र संस्कृतिको प्रबर्द्धन गर्ने मुख्य उद्देश्य रहेको यस्तो फेस्टिबलमा गत वर्ष १५ हजारको सहभागिता थियो भने यो वर्ष २० देखि २५ हजारको उपस्थिति हुने आयोजक सँस्था सोलान्चारले दावी गरेको छ ।

फेस्टिबलमा मुख्य २५ वटा स्टल राखिने छ जसमा ३० भन्दा बढी प्रकारको मःमः का परिकार राखिने छन् । फेस्टिबल निःशुल्क प्रवेश गर्न पाउने भए पनि फेस्टिवलमा डोनेशन गर्न पाउने व्यवस्था पनि गरिएको छ ।

जहाँबाट उठेको रकम एमआइटी ग्रूप फाउन्डेसनले नेपालमा शिक्षा क्षेत्र गर्ने सहयोगका लागि दिइने छ । रकम संकलनका लागि राफल टिकेटहरुको पनि ब्यबस्था छ । जसमा आकर्षक पुरस्कर पनि राखिएको छ ।

नेपालको पर्यटन बोर्डले बिजेता एक जनालार्इ नेपाल आउने जाने हवाई टिकटको ब्यबस्था पनि गरेको छ भने अन्य पुरस्कारहरु पनि छन् ।

फेस्टिबल सफल गर्न भिक्टोरियाको नेपाली समाज र नेपाली ब्यबशायी पनि जुटेका छन् । नेपाल पर्यटन बोर्डले पनि यो वर्ष खाना र संस्कृतिले नेपाल चिनाउने अभियान संचालन गरेको र यो फेस्टिबलमा पनि सहभागिता जनाएकोले बोर्डसँग काम गर्ने भबिस्यको ढोका खुलेको शाक्यले बताए ।

यो फेस्टिबलले यहाँका मानिसलार्इ मःमः क्रेजी बनाएकोले चिनियाँ, भारतीय र अन्य रेस्टुरेन्टहरुले पनि मःमः को परिकार राख्न थालेका छन् भने मःमः बनाउने मानिस खोज्न थालेका छन् ।

मेलबर्नमा मःमः फेस्टिबलको चटारोमा भएका राजु शाक्यलार्इ सिड्नीमा क्याफे संचालन गरिरहेका एक ब्यबसायिले फोन गरेर मःमः बनाउने मानिस खोजी दिन आग्रह गरेको सुनाए ।

फेस्टिबलमा खाना बाहेक स्थानीय हिपहप डान्स, नेपालका चर्चित कुटुम्ब र मुक्ति एण्ड रिभैबल सांगीतिक समूहले साँस्कृतिक शो गर्ने र बालबालिकाको लागि फेस पेंटिंग, मःमः खाने प्रतिस्पर्धा तथा मःमः बनाउने कार्यशालाहरु पनि आयोजना गरिने छन् । फेस्टिबल कुबर्ग भेलोद्रममा आयोजना हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment