Comments Add Comment

पूजा र प्रदिपविच प्याचअप ?


नायिका पूजा शर्मा र नायक प्रदिप खड्कालाई दर्शकले चलचित्र ‘प्रेमगीत’मा खुबै रुचाए । यो चलचित्र सुपरहिट भएपछि प्रदिप र पूजाको जोडीको डिमाण्ड खुबै भयो । तर, यो चलचित्र रिलिज भएसँगै पूजा र प्रदिप अलग भए । उनीहरुविच पानी बाराबारको अवस्था आयो ।

सायद, यहिकारणले हुनसक्छ चलचित्र ‘प्रेमगीत २’मा पूजा देखिइनन् भने चलचित्र ‘म यस्तो गीत गाउँछु’मा प्रदिप देखिएनन् । अहिले पूजा चलचित्र ‘रामकहानी’मा व्यस्त छन् भने प्रदिप चलचित्र ‘लिलिबिली’को प्रमोशनमा व्यस्त छन् ।

यी दुई नायक-नायिकाविच बोलचाल बन्द भएको करिब ३ बर्ष भयो । दर्शकले दुई जनालाई पर्दामा एकसाथ हेर्न चाहेपनि उनीहरुविचको सम्बन्ध चिसिएका कारण दर्शकको चाहना पुरा भएको छैन ।

तर, करिब ३ बर्ष लामो पानी बाराबारको अवस्था अब भने विस्तारै मित्रतामा परिणत हुने संकेत देखिएको छ । अझ, यसो भनौ यी दुइविच ‘आइस ब्रेक’ भएको छ ।
बुधबार बेलुकी काठमाण्डौको एक स्थानमा यी दुइविच भेटघाट भयो । सुरुमा त यी दुइले एक अर्कालाई इग्नोर गरे । तर, पछि प्रदिपले ‘के छ ?’ भन्दै मुख खोलेपछि दुई जनाले तस्बिर पनि खिचाए । केहिबेर उनीहरुविच कुराकानी पनि भयो ।

पूजा र प्रदिपविच करिब ३ बर्षदेखि विगि्रएको सम्बन्धमा ‘आइस ब्रेक’ त भएको छ । तर, हेरौ अब यी दुइले एकसाथ चलचित्र भने खेल्छन् या खेल्दैनन् ? तर, दर्शक यो जोडीलाई पर्दामा कुरिरहेका छन् ।

तस्बिरः कुशल राई

प्रदिप र जसितासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाा हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment