Comments Add Comment

संसारका सय उत्कृष्ट गाइडमा नेपालका सिलवाल 


८ चैत, काठमाडौं। मूलधारको सक्रिय पत्रकारिताबाट अलग भएर टुर गाइड बनेका एकजना नेपाली अशोक सिलवाल संसारका ‘टप हन्ड्रेड गाइड’को सूचीमा समेटिएका छन् । संसारभरिका यात्री र टुर गाइडलाई जोड्ने सबैभन्दा ठूलो अनलाइन पोर्टल टुरएचक्यूले उनलाई ‘ग्लोबल टुर गाइड अवार्ड २०१८’ प्रदान गरेको छ ।

सिंगापुरस्थित संस्थाले पर्यटकलाई अविश्वसनीय अनुभव दिलाएको भन्दै सिलवाललाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त पोर्टलले संसारभरका २६ हजारभन्दा बढी सक्रिय गाइडमध्येबाट उत्कृष्ट १०० को सूची तयार गरेको जनाएको छ । ‘२६ हजारभन्दा बढी गाइडहरुले यो सफल यात्रामा योगदान गरेका छन्, तपाईं जस्तै केही गाइडले बृहत् ज्ञान, अतुलनीय सेवा र मिलनसार व्यवहारका कारण उत्कृष्टता हासिल गरेका छन्,’ टुरएचक्यूले भनेको छ ।

टुरएचक्यूले गाइड लिएर घुम्ने पर्यटकहरुले दिएको फिडब्याकका आधारमा उत्कृष्ट गाइडको सूची बनाएको हो । आधा दशकअघिसम्म पत्रकारितामा सक्रिय सिलवाल पछिल्लो समय गाइडिङ र लेखनमा सक्रिय छन् । उनले भूकम्पपछि मानवविहीन बनेको लाङटाङमा पत्रकारको रुपमा सबैभन्दा पहिले पैदलै पुगेर त्यहाँको अवस्था समेटिएका दुई वृत्तचित्र  ‘घर फर्किरहेका मान्छे र वेकिङ एन्ड वाकिङ’ तयार गरेका थिए । उनी नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट ९नाथम० का गाइडिङ इन्सट्रक्टर पनि हुन् । पछिल्लो तीन वर्षको गाइडिङ करिअरमा ६० भन्दा बढी देशका पर्यटकलाई घुमाएको सिलवाल बताउँछन् ।

सिलवालले आफूले घुमाएका पर्यटकहरुलाई विषय बनाएर विभिन्न सञ्चार माध्यममा नियमित लेखिरहेका पनि छन् । भूकम्पले थिलथिलो भएको लाङटाङको वास्ताविकता जनसमक्ष ल्याउन भूमिका खेलेबापत सिलवाललाई लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्सट्रक्सन कमिटीले लाङटाङ सद्भावना दूत बनाएको छ।

मुलुकको पर्यटकीय क्षेत्रको उत्थान र प्रवद्र्धनमा भूमिका खेलेको भन्दै ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले पनि ३० हजार रुपैयाँ नगदसहित सिलवाललाई सम्मान गरिसकेको छ । गत फागुन तेस्रो साता नेपाल पर्यटन व्यवसायी संघ (निट)ले सिलवाललाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो । निटले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सिलवाललाई सम्मानपत्र र नगद राशी हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment