Comments Add Comment

इसेटको विस्तारित कन्जुमर प्रडक्ट पोर्टफोलियो

८ चैत, काठमाडौं । इसेटले २१ मार्चमा उच्च क्षमताको इन्टरनेट प्रोटेक्सन २०१८ सहितको इन्ह्यान्स्ड कन्जुमर प्रडक्ट पोर्टफोलियो सार्वजनिक गरेको छ ।
इसेटले मल्ल होटल काठमान्डौमा विभिन्न मिडिया तथा डिलरहरुको उपस्थितिमा हाइ लेभलको प्रोटेक्सन २०१८ सहितको इनह्यान्स्ड कन्जुमर प्रडक्ट पोर्टफोलियो सार्वजनिक गरेको हो । क्लाउड लिंक एण्ड सेक्युरिटी इन्टरप्राइजेज इसेट कन्जुमर सगमेन्टको नेपालको लागि आधिकारिक बिक्रेता हो ।

क्लाउडलिंक एण्ड सेक्युरिटी इन्टरप्राइजेज एउटा प्रोफेसनल आइटी कम्पनि हो, यसले प्रोफेसनल सर्भिस प्रदान गर्नुका साथै कस्टमरको आवश्यकता अनुसारका बिभिन्न ब्रान्डका प्रडक्टहरु बिक्री वितरण गर्ने लगायतका कार्यहरुमा समर्पित रहेको कम्पनी बताउँछ ।

विभिन्न एन्टीभाइरस, प्रोजेक्टर, सेक्युरिटी प्रडक्ट, डिजिटल टेक्नोलोजी तथा फ्ल्याश मेमोरी लगायत सामग्रीहरु प्रति प्रयोगकर्ताहरुको बढ्दो मागलाई मध्यनजर गर्दै क्लाउडलिंक एण्ड सेक्युरिटी इन्टरप्राइजेजले आफ्नो स्थापना कालदेखि नै यी कुराहरुलाई आधार बनाएर कार्य गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

बिगत २० वर्षदेखि काठमान्डौमा अवस्थित क्लाउडलिंक कम्पनिले आइटी क्षेत्रको विकासको लागि बढावा दिदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment