Comments Add Comment

आयो ‘हुण्डाई न्यू इयर डिलाइट’ अफर


८ चैत, काठमाडौं । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नयाँवर्ष २०७५ लक्षित आकर्षक योजना ‘हुण्डाई न्यू इयर डिलाइट’ सार्वजनिक गरेको छ ।

यो योजना अन्र्तगत ग्राहकले रु लाख १३ हजार सम्मको नयाँ वर्ष लाभ प्राप्त गर्न सक्नेछन् । साथै यो योजना अन्र्तगत आकर्षक मुल्यांकन सहितको एक्सचेन्ज योजना तथा सरल बैंक फाइनान्सिङ्ग सुबिधा पनि रहेको छ ।

सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसिङसहित ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १३ डिलरहरु तथा १५ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्छ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करौंडां ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment