Comments Add Comment

नक्कली अन्तशुल्क स्टिकरसहित सांग्रिला डिस्टिलरीका म्यानेजर समातिए

चार लाख नक्कली स्टिकर बरामद


८ चैत, बुटवल । राजस्व छल्न धनुषाको सांग्रिला डिस्टिलरीले भारतमा छपाएर ल्याउँदै अन्तशुल्कको नक्कली स्टिकर रुपन्देही प्रहरीले बरामद गरेको छ । स्टिकर भरियाको बयानमा आधारमा सांग्रिलाका डिस्टिलरीका प्रवन्धक भवानीप्रसाद उप्रेती र उत्पादन अधिकृत कामेश्वर महतो पनि पक्राउ परेका छन् ।

स्टिकर ओसारपसारमा संलग्न भरियामात्रै पक्राउ हुने गरेकोमा यसपटक उद्योग सञ्चालक नै पक्राउ परेका छन् । यसले राजस्व छल्न नक्कली स्टिकर आफैंले छपाएर विद्योगीले मदिरामा टाँस्ने गरेको आशंकालाई पुष्टी गरेको छ ।

प्रहरीले स्टिकर बोक्न प्रयोग भएको गाडीमा सवार सिद्धार्थनगर नगरपालिका वार्ड नं.१ बस्ने बिनोद सिंह, भारत महाराजगंज सुनौली बस्ने समसुद्दिन मुसलमान र भारत नौतनवा बस्ने मेल्मुद्दगद्दी मुसलमानलाई समेत सार्वजनिक गरेको छ ।

सुनौली नाका हुँदै भारतीय गाडीमा भित्रिएका चारलाख नक्कली स्टिकर रुपन्देहीको रोहिणी गाउँपालिका वार्ड नं.४ मा प्रहरीले नियन्त्रणमा लिएको हो । ती स्टिकरहरु यूपी ४३ एई १६८२ नं को गाडीमा ल्याइएको थियो ।

नक्कली स्टिकरसहित सो गाडीका चालकसमेत गरी ३ जनालाई नियन्त्रणमा लिइएको हो । तस्करसहित पक्राउ परेका सबैलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

उनीहरुलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

उनीहरुमाथि अन्तशुल्क ऐन, २०५८ र मदिरा ऐन, २०३१ अन्तरगत समेत कारवाही हुने छ । प्रहरीले बरामद गरेको ३४ रोल स्टिकरमा ‘५० यूपी, ११८० एमएल आन्तरिक राजस्व विभाग लिक्वर’ उल्लेख छ ।

प्रतिरोल २ हजार ९ सय ४० का दरले ३४ थानबाट अन्दाजी ३ लाख ९९ हजार ८ सय ४० स्टिकर थान बरामद भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment