Comments Add Comment

मुख्यमन्त्री शाहीको प्रस्तावः देशको ५० प्रतिशत बजेट कर्णालीलाई

८ चैत, भक्तपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशको जम्मा बजेटको ५० प्रतिशत बजेट कर्णाली प्रदेशका लागि छुट्याउनु पर्ने प्रस्ताव गरेका छन् ।

कर्णाली प्रदेशमा ठूलो लगानी गर्न सके प्रदेश मात्रै नभई नेपाल नै समृद्ध बन्ने तर्क गर्दै मुख्यमन्त्री शाहीले यस्तो धारणा प्रस्तुत गरेका हुन् ।

कर्णालीमा धेरै स्रोतसाधन र सम्भावना भएकोले त्यसको त्यसलाई समृद्धिमा बदल्न ठूला लगानी आवश्यक हुने भएकोले केन्द्र सरकारले ठूलो मात्रामा लगानी गर्नुपर्ने उनको धारणा छ ।

सम्भावनासँगै चुनौति पनि धेरै भएको भन्दै उनले चुनौतीका बीचबाट ती सम्भावनालाई साकार पार्न सके देशको आर्थिक विकासमा समेत टेवा पुग्ने उनको तकै छ ।

उनले कर्णालीको समृद्धिका लागि आगामी वर्षलाई पर्यटन वर्षका रुपमा अगाडि बढाउने बताए ।

यस्तै कर्णाली प्रदेशलाई अर्गानिकका प्रदेशका रुपमा बिकास गर्न र पूर्ण रुपमा बिषादी मुक्त बनाउने अभियानमा एक मात्र रहेको नाकालाई कडाइ गर्न थालिएको मुख्यमन्त्री शाहीको भनाइ छ ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकार सञ्चालनमा अर्थ मात्र कानुनी प्रक्रिया बाधक रहेको स्पष्ट पारेका छन् ।

रफत सञ्चार कल्वले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेशको समृद्धिका लागि कर्णालीलाई स्वायत प्रदेशका रुपमा कानूनमै सम्बोधन गर्नुपर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment