Comments Add Comment

वर्ल्डलिंकले ल्यायो ‘बीस तीस पचास, अफर झक्कास’


८  चैत, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्सले नेपाली नयाँ बर्ष २०७५ को अबसर पारेर डबल ब्याण्ड विथका साथमा ‘बिस तिस पचास, अफर झक्कास’ योजना ल्याएको छ ।

अफरमा वर्ल्डलिंकका ग्राहकहरुले डबल ब्याण्ड विड्थका साथमा ४४ प्रतिशतसम्म छुट र १२ महिनासम्म निशुल्क आइपी टिभी (नेट टिभी) सेवा पाउन सक्नेछन् ।

यस अफरमा वल्र्डलिंकका ग्राहकहरुले बिस, तिस र पचास एमबीपीएस गतिको अनलिमिटेड इन्टरनेट वाषिर्क १२०००, १४००० र १६००० रुपैयाँमै पाउनेछन् ।

यसका साथैे एक वर्षसम्म निशुल्क नेट टिभीसमेत प्रयोग गर्न पाउनेछन् । यस्तो गतिको सुविधा ३ महिना र १ महिनाको सेवा लिन चाहनेहरुले पनि पाउन सकिने कम्पनीले जनाएको छ ।

वर्डलिंकले इन्टरनेट, आइपी टिभी, डाटा सेवा उपलब्ध गराउँदै आएको छ । यसका नेपालभर १ लाख ८० हजारभन्दा बढी सक्रिय ग्राहक छन् । यसका मुलुकभर ४० भन्दा बढी शाखा छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment