Comments Add Comment

५५ लाख मूल्य बराबरको मरिच बरामद

८ चैत, जनकपुर । धनुषाबाट भारततर्फ तस्करी गर्न लागिएको साँढे १० क्विटल मरिच र ल्वाङ बरामद भएको छ ।

भन्सार कार्यालय जनकपुरले भारततर्फ निकासी गर्न तयारी अवस्थामा राखेको मरिच धनुषाको जनकनन्दनी गाउँपालिका-३ महुवास्थित एकघरबाट बरामद गरेको हो ।

भारत बिहार घर भएका जयकुमार पजियार र छोटु एहेसानले धनुषाको महुवामा उक्त परिणामको मरिच लुकाई छिपाई राखेको र भारत निकासी गर्ने गरेको खुल्न आएको छ ।

भन्सार सुरक्षा बेस जनकपुर र बोर्डर आउट पोष्ट खजुरीको संयुक्त टोलीले मंगलबार राति १२ बजे छापा मारेर मरिच बरामद गरेको भन्सार कार्यालय प्रमुख हेमचन्द्र शर्माले जानकारी दिए ।

अबैध रुपमा भारततर्फ निर्यात गर्न राखेको मरिचको अनुमानित मूल्य ५० देखि ५५ लाख रुपैयाँ रहेको प्रमुख शर्माले बताए ।

नेपाल उत्पादन नहुने मरिच सिमानाकामा भेटिनु रहस्मय भएको भन्दै प्रहरीले अनुसन्धान थालिएको छ । पछिल्लो समय तस्करहरुले सुपारी तस्कर छोडेर मरिच र ल्वाङ्ग तस्करी गर्ने गरेका छन् ।

जनकपुर भन्सार कार्यालयकोे सेटिङमा धनुषामा व्यवस्थित तस्करी फस्टाएको जटही क्षेत्रका आसपासका स्थानीयहरु बताउँछन् ।

जनकपुर भन्सार कार्यालयको सेटिङका कारण तस्करहरुको केन्द्र बनेको जटही भन्सारनाकामा तराईका ठूलठूला तस्करहरु यतिबेला सक्रिय छन् ।

यसरी हुन्छ तस्करी

६ चक्के ट्रकमा लताकपडाको भन्सार दुईदेखि तीन लाखसम्म हुन्छ । तर, कर्मचारीको मिलोमतोमा उक्त गाडिको मालसामन चेकजाँच नै नगरी ४० देखि ५० हजार मात्र भन्सार राजश्व काट्ने गरेको छ । एक गाडीमा लाइन बापत भन्सार कर्मचारीले मोटो रकम लिदैं आएका छन् ।

निकै न्यून भन्सार राजश्व बुझाएर उक्त गाडिहरु जटहीको सशस्त्र प्रहरी र नेपाल प्रहरीको चेक प्वाईन्ट सकिए लग्तै सप्लायर्सको नक्कली बिल काटेर गनत्व्य स्थल सम्म पुर्‍याइने गरेको एक व्यापारीले बताए । उक्त गाडी प्रहरीको चेक प्याइन्टमा रोक्दा उक्त मालसमान अवैध भइ कारबाही गर्नु पर्ने हुन्छ ।

धनुषाको जटही भन्सार नाकामा ब्यापारीहरुबाट मोटो रकम लिइ लाइन दिएर रातिराति तस्करी गराउँदै आएको भन्सार स्रोत बताउँछ ।
तस्करहरुले यी नाकाबाट भित्र्याएका मालसमान काठमाडौं, बर्दिबास, सिरहा, सिन्धुली, जनकपुर, ढल्केवर, महेन्द्रनगर लगायतका स्थानमा पुर्‍याइने गरेको एक व्यापारीले बताए ।

भारतबाट आयात हुने कपडा, तेल, गुटखा, हाडवेयर, शृङ्गार लगायत समान प्रतिबन्ध भएपनि हाल यिनै सरसमान बढी तस्करी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment