Comments Add Comment

ज्याकलिनको डान्सको आलोचना भएपछि सलमान बचाउमा

मुम्बई । हालै रिलिज भएको हिन्दी चलचित्र ‘बागी–२’ को गीत ‘एक दो तीन…’ लाई ब्यापक ट्रोल गरिएको छ । अधिकांश दर्शकले गीतमा ज्याकलिन फर्नान्डिसको डान्स मन नपरेको टिप्पणी गरेका छन् ।

९० को दशकमा बनेको हिन्दी चलचित्र ‘तेजाब’ मा यही गीतमा माधुरी दिक्षितले नृत्य गरेकी थिइन् भने गीत सुपरहिट भएको थियो । त्यही गीतको रिमेक भर्सनमा ‘बागी–२’ मा ज्याकलिनले नृत्य गरेकी छिन् ।

तेजाबका निर्देशक एन चन्द्राले गीतमा ज्याकलिनको स्टेप हेरेर चित्त दुखाए । एन. चन्द्राले भनेका छन्, ‘त्यस्तो सुपरहिट गीतलाई बर्बाद पारे ।’

यसरी विवाद भएपछि अभिनेता सलमान खान भने ज्याकलिनको बचाउमा उत्रिएका छन् । उनले गीत सेयर गर्दै भनेका छन् ‘यो गीत मलाई निकै मन पर्‍यो ।’

ज्याकलिन स्वयम्ले भने दिग्गज सरोज खानको स्टेपलाई पुष्टी गरेकी छिन् ।’ उनले भनेकी छन्, ‘माधुरीसँग तुलना हुनु गा¥हो कुरा हो । तर, यो गीत हेर्दा मलाई गर्व महसुस् भएको छ । मेरा प्रशंसकहरु गीत सुनेर झुम्दै छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment