नायिका ऋचा शर्मा एउटा हरर फिल्म लिएर दर्शक माँझ आउँदैछिन् । उनले निर्माण र अभिनय गरेको यो फिल्म हो सुनकेसरी । फिल्मको ट्रेलर आज यूट्यूवमा रिलिज गरिएको छ ।
अर्पण थापाको लेखन तथा निर्देशन रहेको ‘सुनकेसरी’ को ट्रेलरले फिल्मप्रति कौतुहल जगाएको छ । २ मिनेट १६ सेकेन्ड लामो ट्रेलरमा डरलाग्दा दृष्यहरुलाई प्राथमिकता दिइएको छ । ट्रेलर नायकबिहीन देखिन्छ । साथै, गीत–संगीतलाई पनि स्थान दिइएको छैन ।
सुनकेसरीमा ऋचाबाहेक सन्नी ढकाल, रविन्द्र झा, सुनील पराजुली, प्रेरणा थापा तथा विदेशी कलाकार लाउरेन लोफबर्गले अभिनय गरेका छन् ।
नेपालमा हरर फिल्महरु कमै बनेका छन् । बनेका फिल्महरु पनि डर लगाउने भन्दा हास्यास्पद बढि छन् । यस्तोमा ऋचाको फिल्म कस्तो बनेको छ त्यो थाहा पाउन केही समय प्रतिक्षा गर्नैपर्ने छ ।