Comments Add Comment

एन्फाको चुनाव रोक्न अदालतको अन्तरिम आदेश


८ चैत, काठमाडौं । चैत १४ गतेका लागि तोकिएको अखिल नेपाल फुटवल संघ एन्फाको निर्वाचन रोक्न पाटन उच्च अदालतले आदेश दिएको छ ।

भक्तपुर र मकवानपुर जिल्ला फुटवल संघले आफूहरुलाई निर्वाचनबाट वञ्चित गरिएको भन्दै दिएको उजुरीमाथि सुनुवाई गर्दै न्यायाधीश राजकुमार वनको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश दिएको हो ।

निर्वाचनमा आफूलाई पनि सहभागी गराउनुपर्ने भन्दै दुई फुटवल संघले अखिल नेपाल फुटवल संघ एन्फालाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

उच्च अदालतले यस विषयमा निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्दै १५ दिनभित्र जवाफ पेश गर्न विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

चैत १४ गते हुने निर्वाचनमा एन्फाको अध्यक्षमा कर्मा छिरिङ लामा र मणि कुँवरले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment