Comments Add Comment

गोर्खा ब्रुअरीले बढायो वाटर ट्रिटमेन्ट प्लान्टको क्षमता


८ चैत, काठमाडौं । गोर्खा ब्रुअरीले गैंडाकोटको उद्योगमा रहेको वाटर ट्रिटमेन्ट प्लान्टको क्षमता बढाएको छ । उद्योगबाट निस्केको फोहोर पानीलाई शुद्धीकरण गरेर नारायणी नदीमा मिसाउन वाटर ट्रिटमेन्ट प्लान्टको क्षमता बढाएको हो ।

करिब ८ करोड लगानीमा गोर्खा ब्रुअरीले अहिले वाटर ट्रिटमेन्ट प्लान्टको निर्माण गरेको छ । गोर्खा ब्रुअरीको क्वालिटी प्रमुख महेशकुमार झाका अनुसार हालै मात्रै यो वाटर टि्रटमेन्ट प्लान्टको क्षमता बढाइएको छ ।

उद्योग स्थापनादेखि नै वाटर ट्रिटमेन्ट प्लान्ट सञ्चालनमा रहेको भएपनि अहिले यसको क्षमता वृद्धि गरिएको मात्रै हो । उनले भने, ‘नेपालमा ३/४ वटा उद्योगले मात्रै यस्ता टि्रटमेन्ट प्लान्ट राखेका छन्, त्यसमध्ये हामी पनि एक हो, किनकी हामी वातावरण संरक्षणका लागि प्रतिबद्ध छौं ।’

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ट्रिटमेन्ट प्लान्टको सञ्चालन गरिरहेको उनको भनाइ छ । र, यो उद्योगको टि्रटमेन्ट प्लान्टबाट निस्केको पानीको गुणस्तर इन्टरनेशनल अर्गनाइजेशन् फर स्टायडण्र्डडाइजेशनका (आइएसओ) को मापदण्ड बमोजिम रहेको ओझा बताउँछन् ।

अहिले यो उद्योगबाट बाहिर निस्केको पानीमा केमिकल अक्सिजन डिमान्ड १ सय १० एमजी छ । पानीमा यस्तो मात्रा २ सय ५० एमजीभन्दा बढी हुनु हुँदैन ।

त्यसैगरि वायोलोजिकल अक्सिजन डिमान्ड ५६ एमजी छ । आइएसओका अनुसार यसको मात्रा १ सय एमजीसम्म भन्दा बढी हुनु राम्रो हुँदैन । र, पावर अफ हाइड्रेसन् ५.९ देखि ९ एमजीसम्म हुनु राम्रो मानिन्छ । गोर्खा बि्रअरीको उद्योगबाट निस्केको पानीमा यसको मात्रा ८.५ एमजी छ ।

डिजल्भ अक्सिजनको मात्रा १ देखि ३ एमजी हुनुपर्छ । यो उद्योगको ट्रिटमेन्ट प्लान्टबाट निस्केको पानीमा १.५ एमजी रहेको छ । स्थापनाकालमा यो उद्योगको टि्रटमेन्ट प्लान्टको क्षमता ४ सय एमक्यु थियो । यसलाई बढाएर ७ सय ५० एमक्यु बनाइएको छ ।

उद्योगले अहिले २ हजार हेक्टोलिटर बराबरको बियर उत्पादन गर्दै आएको छ । यो पानी शुद्ध भएकाले अब यसबाट निस्केको पानीमा माछा पाल्ने समेत गोर्खा ब्रुअरीको तयारी छ ।

सन् १९८९ मा स्थापना भएको यो उद्योग सात हेक्टर भन्दा बढी जग्गामा फैलिएकेा छ । यसले सुरुमा उत्पादन गरेको टुबोर्ग बियर १९९० बाट उत्पादन हुन सुरु गरेको हो ।

गोर्खा ब्रुअरीले अहिले टुबोर्ग, गोर्खा र काल्र्सबर्ग उत्पादन गर्दै आएको छ । साथै एप्पल साइडर सोमर्सबी पनि यसले उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment