Comments Add Comment

कोसोभोमा विपक्षी सांसदद्वारा संसदभित्रै अश्रुग्यास प्रहार, भिडियो

कोसोभोको संसदमा विपक्षी पार्टीका सांसदले अश्रु ग्यास हानेका छन् । मन्टेनेग्रोसँग भएको सीमा निर्धारणसम्बन्धी सम्झौताबारे संसदमा भोटिङ भइरहेका बेला सेल्फ डिटरमिनेसन मुभमेन्ट पार्टीका सांसदले तीन सेल अश्रुग्यास हानेका हुन् ।

बुधबार भोटिङ भइरहेका बेला सबै सांसदलाई हल बाहिर जान आग्रह गर्दै उनीहरुले अश्रुग्यास हानेका हुन् । मन्टेनेग्रोसँग २०१५ मा भएको उक्त सम्झौता अनुमोदनका लागि कोसोभोको १२० सदस्यीय संसदको दुई तिहाइ बहुमत चाहिन्छ ।

मुभमेन्ट पार्टीले यो सम्झौता पारित भएमा कोसोभोले २० हजार एकर्ड जमिन गुमाउने दावी गरेको छ ।

कोसोभोमा रहेका अमेरिकी राजदूत ग्रेग डेलवीले हिंसालाई राजनीतिक अस्त्र बनाउनेहरुका लागि कुनै ठाउँ नभएको कडा टिप्पणी गरेका छन् ।

हेर्नुस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment