Comments Add Comment

यामाहाको योजनामा दाइलाई ‘क्यास ब्याक’, भाइलाई नयाँ बाइक


८ चैत , काठमाडौं । जलेश्वरका रतिशकुमार झा बिहीबार अलि व्यस्त थिए । बीएसएम गरेर उनका भाइ सतिशकुमार भारतको कलकत्ताबाट र्फकंदै थियो । काठमाडौंमै बसोबास गर्ने गरी फर्किरहेका भाइका लागि एउटा मोटरसाइकल किन्ने घर सल्लाह भएको थियो । त्यसैअनुसार उनी कान्तिपथस्थित यामाहाको सोरुममा दिउँसा पुगेका थिए, भाइलाई ‘सप्राइज गिफ्ट’ दिन ।

‘भाइ घर पुग्नुअघि नै उसको लागि हामीले मोटरसाइकल किनेर ल्याउने हाम्रो योजना थियो,’ रतिशकुमारले भने, ‘अहिलेका युवाले रुचाउने यामाहाको एफजीएस एफआई भाइका लागि किन्न म यामाहा सोरुम आएको थिएँं । तर भाइलाई सप्राइज दिन आएको म आफैं सपर््राइज भएँ ।’ यामाहाको नयाँ वर्ष योजनाअन्तर्गतको स्क्र्याचबुक कोर्दा उनले ५० प्रतिशत क्यास ब्याक पाएर उनी ‘सप्राराइज्ड’ भएका थिए ।

पहिलो स्क्र्याच कोर्दा पाँच हजार परेको थियो उनलाई । ‘मैले त पाँच हजारमै चित्त बुझाइसकेको थिएँ,’ रतिशकुमारले भने । दोस्रो, तेस्रो र चौथो स्क्र्याचमा उनलाई क्रमसः एयरफिल्टर, कप र पफ्र्युम पर्‍यो । तर अन्तिम स्क्र्याच कोर्दा उनी खुसीले उफ्रिए । त्यसमा ‘५० प्रतिशत क्यास ब्याक’ लेखिएको थियो ।

‘केही पैसा आफ्नो, केही पैसा सापटी लिएर दुई लाख ६५ हजार रुपैयाँ पुर्‍याएर आएको थिएँ,’ उनले भने, ‘अन्तिम स्क्र्याच कोरेपछि त मैले आधा पैसा फिर्ता पाउने भएछु ।’ यामाहाका स्टाफहरु पनि उप|mेर मलाई घेर्न आए, अनि बधाई दिए । ‘मलाई त सपना हो कि विपना हो भइरहेको थियो,’ उनले भने, ‘पैसै फिर्ता पाएपछि बल्ल विश्वास भयो र घर परिवार र बसबाट काठमाडौं फर्किरहेको भाइलाई खबर गरेँ । मेरो भाइ त डब्बल खुसी भयो । बाइक गिफ्ट, त्यो पनि आधा मूल्यमा !’

यामाहाले चैतको पहिलो दिननै आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनुहुनेछ जसमा उहाँले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाइन्छ ।

यो योजनामा मा अझ धेरै उपहार र फुल क्यास ब्याक भएको यामाहाका मार्केटिङ हेड प्रदिप पोखरेलले बताए । उनका अनुसार स्क्र्याच बुकमा पाँच वटा पाना हुनेछन् जसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’, बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टको तर्फबाट उपहार र सत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनुहुनेछ । ग्राहकले माउन्टेन फ्लाइट, पफ्र्युम, टिसर्ट, बेबी हेल्मेट, वाटर बोटल, फ्रि सर्भिसिङ र अन्य उपहार पाइनेछ ।

यामाहाले ‘सेल्फी खिचौं न’ नामक फेसबुक कन्टेस्ट सुरु गरेको थियो जसमा ग्राहकले यामाहा सोरुममा रहेको ‘आमन्त्रण’लाई ब्याकग्राउन्डमा राखेर खिचिएको सेल्फीलाई ‘एसयामाहा’को फेसबुक पेजमा पठाउनुपर्नेछ । यो कन्टेस्टमा दैनिक विजेताले ‘सप्राइज गिफ्ट’ पाउनुहुनेछ । यामाहाले यामाहा स्कुटरमा ‘रिसेल प्रोमिस’को घोषणा समेत गरेको छ । यामाहाको नयाँ वर्ष योजना चैत १ बाट ३१ बैशाखसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment