Comments Add Comment

फ्यानको वर्षालाई पत्रः मेरी गोलुमोलु, तिमी नदुब्लाउ !

नायिकाहरु आफ्नो फिगरको बारेमा अत्यधिक सतर्क हुन्छन् । शरीर मोटाएको खण्डमा फ्यान फलोइङ घट्ने चिन्ता उनीहरुलाई हुन्छ ।

नेपाली चलचित्रकी जल्दीबल्दी नायिका वर्षा राउत केही मोटी छिन् । सुन्दर रुपकी धनी नायिकाले ज्यान भने मेन्टेन गर्न सकेकी छैनन् । तैपनि उनको फ्यान फलोइङ भने लोभलाग्दो नै छ ।

वर्षा पछिल्लो समय आफ्नो तौल घटाउनका लागि डाइटिङ, व्यायाम अनेक थोक गरिरहेकी छिन् । तर, एक फ्यानको सुझाव मान्ने हो भने उनले त्यस्तो केही नगर्दा हुन्छ । मोटो ज्यानमै उनी लोभलाग्दी भएको ती फ्यानको तर्क छ । सुरेश बडाल नाम गरेका फ्यानले फेसबुकमा वर्षालाई नदुब्लाउन आग्रह गर्दै पत्र नै लेखेका छन् ।

कवितात्मक शैलीमा लेखेको पत्रमा उनले वर्षालाई ‘मेरी गोलुमोलु’ भन्दै सम्वोधन गरेका छन् । उनको आाखा नाक र नाकमुनिको कोठीको प्रशंसा गरेका छन् । यदि पाइन्ट र वान पिस नसुहाए कुर्ता सुरुवाल नै लगाउन उनको सुझाव छ ।

पत्रको पूर्णपाठः

मेरी मोटुलाई !

चिन्ता लिनैपर्दैन

तनावले सुकेर मर्नैपर्दैन

पेट खाली राखेर

डाइटिङ गर्नैपर्दैन

मेरी प्यारी गोलुमोलु मोटु

तिमी यत्तिकै ठिक छौ नि

तिम्लाई दुब्लाउनै पर्दैन !

मरन्च्याँसी, खिनाउरी

हावाले नै उडाउलाजस्ती

यस्ती-यस्ती केटी देख्दा दिक्क लाग्छ

बरू मेरी गोलुमोलु नै

मलाई त Åस्टपुस्ट र ठिक्क लाग्छ

जिउ त खादिलो हुनुपर्छ

पुक्क परेका गाला

र अनुहार हासिलो हुनुपर्छ !

स्याप्प दुब्लाएका अनुहारहरू त

चाउरिएजस्तै लाग्छ

स्लीम बन्छु भन्नेहरू देख्दा त

करंग भाटा दाउरिएजस्तै लाग्छ !

 

खै मायापिरिमले गर्दा मात्र हो कि

साँच्चि नै यस्तै हो कुन्नि

मलाई त हजारचोटि हेरे पनि

हजारैचोटि मनपर्छ

आाखा, नाक अनि नाकैमुनिको

कोठि मनपर्छ

अरूलाई जस्तोसुकै लागोस

बालै भएन

मलाई त मेरै मोटी मन पर्छ !

 

मेरी गोलुमोलु

मन लागेको नछोड, खाइदेउ

पाइन्ट र वान पिस नसुहाउला

बरू कुर्ता-सुरूवाल नै

चिटिक्क पारेर लाइदेउ

तिम्ले डर मान्नै पर्दैन

मैले अन्त आाखा लगाउला कि भन्ने

ठान्नै पर्दैन

चिन्ता नलिनु

बरू स्वास्थ्यमा ध्यान दिनु

अरू केही गर्नै पर्दैन

ठिक्क छौ प्यारी

तिम्ले दुब्लाउनै पर्दैन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment