Comments Add Comment

५ वर्षपछि ‘रंगीला गर्ल’को कमब्याक


एक समय बलिउडमा तहल्का मच्चाएकी उर्मिला मातोडकर ५ वर्षदेखि गुमनाम थिइन् । अब उनका फ्यानहरुका लागि खुशीको खबर छ ।

‘रंगीला गर्ल’ भनेर चिनिने उर्मिला ‘ब्ल्याकमेल’ फिल्मबाट बलिउडमा कमब्याक गर्दैछिन् । यस फिल्ममा उनले एउटा गीतमा कम्मर मर्काएकी छिन् । ‘बेवफी ब्यूटी’ बोलको गीत रिलिज भइसकेको छ ।

पहिले सेक्सी नायिकाका रुपमा पहिचान बनाएकी उर्मिला यो गीतमा भने सारी चोलोमा देखिएकी छिन् । उनको ग्ल्यामर पहिलेजस्तो छैन । पहिलेका फिल्महरुमा उनको डान्स जति सशक्त हुन्थ्यो, त्यो यसमा देखिएको छैन ।

फिल्मका निर्देशक अभिनव देवले उर्मिलाको यो गीतका बारेमा भने, ‘म फिल्ममा कुनै आइटम गीत राख्न चाहन्नथेँ । म यस्तो गीत चाहन्थेँ जसले फिल्मको कथालाई बयान गरोस । यो गीतका लागि मलाई आइटम गर्लको आवश्यकता थिएन । एउटा पर्फमरको आवश्यकता थियो । एउटा यस्तो अनुहार चाहिएको थियो, जो लामो समयदेखि फिल्मी पर्दाबाट टाढा छ । त्यसैले मैले उर्मिलालाई रोजेँ ।’

यो फिल्ममा इरफान खान, दिब्या दत्त, किर्ती कुलहारी आदिले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment