Comments Add Comment

कांग्रेस केन्द्रीय समिति बैठक आजबाट, यस्तो छ देउवा र पौडेल पक्षको तयारी

९ चैत, काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनको समीक्षा गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबारबाट शुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा निर्वाचनमा हार्नुका कारण केलाउँदै आगामी रणनीतिबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचनमा हार हुनुको कारणमा देउवा र पौडेल पक्षले एकअर्कालाई दोष दिँदै आएका छन् । पार्टी नेतृत्वले लिएको गलत नीति र निर्णयका कारण प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नराम्रो पराजय व्यहोरेको आरोप रामचन्द्र पौडेल पक्षले लगाएको छ । तर, शेरबहादुर देउवा पक्षले भने अन्तरघात र वाम गठबन्धनका कारण हार व्यहोर्नुपरेको बताउँदै आएको छ ।

पौडेल पक्ष र केही युवा नेताहरुले निर्वाचनलगत्तै समीक्षा बैठक बोलाउन माग गर्दै आएका थिए । उनीहरुले नीति, कार्यक्रम र नेतृत्व नै परिवर्तन आवश्यक रहेको भन्दै महासमिति बैठकको माग गर्दै आएका छन् । उनीहरु आक्रामक रुपमा बैठकमा प्रस्तुत हुने तयारीमा छन् ।

संस्थापन पक्ष भने सभापति देउवाको बचाउमा लाग्नेछ । संस्थापन पक्षका नेताहरुले निर्वाचनमा खटिएका कुन नेताको जिल्लामा कति मत बढेको वा घटेको छ भनेर जवाफ माग्ने तयारी गरेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment