Comments Add Comment

खुमबहादुर खड्काको स्वास्थ्य जटिल, भेन्टिलेटरमा राखियो

स्वास्थ्यलाभको कामना गर्दै दाङमा पूजाआजा

कांग्रेस नेता खुमबहादुर खड्का अस्पतालको शय्यामा । फाइल तस्वीर

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ । खड्काको स्वास्थ्य जटिल बनेको जानकारी पाएलगत्तै गृहजिल्ला दाङका शुभेच्छुक कार्यकर्ताहरुले मन्दिरमा पूजाआजा गरेका छन् ।

मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ । उनलाई बुधबारबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको एपोलो अस्पतालको काठमाडौंस्थित सूचना केन्द्रका प्रमुख अर्जुनबहादुर चन्दले जानकारी दिए ।

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता नयाँदिल्ली लगिएको थियो ।

स्वास्थ्य लाभको कामना गर्दै दाङमा पूजाआजा

नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गरेर उनको गृहजिल्ला दाङमा पूजाआजा गरिएको छ । दाङको विजौरी र कोठरीसहितका विभिन्न मन्दिरहरुमा नेता खड्काको स्वास्थ्य लाभको कामना गरेर बिहीबार पूजा गरिएको हो ।

दाङ जिल्लाको विकासमा खड्काले पुर्‍याएको योगदानलाई स्मरण गर्दै स्वास्थ्य लाभको कामनासहित पूजा गरिएको कांग्रेसका स्थानीय नेता दीपकजंग पाण्डेले जानकारी दिए । ‘खुमबहादुर खड्काकै कारण दाङ जिल्लाले आˆनो परिचय पायो । विकास पायो’, पाण्डेले भने, ‘रोगसँग उहाँले संघर्ष गरिरहनु भएको छ । उहाँको स्वास्थ्य लाभको कामना गरेर स्थानीयले मन्दिरमा पूजा गरेका हुन् ।’

पूर्वमन्त्री एवम् कांग्रेसका प्रभावशाली नेता खड्काको स्वास्थ्य उपचारमा सहयोग गर्न दाङका स्थानीय कांग्रेस नेताहरुले सरकारलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment