Comments Add Comment

कैलालीमा सवारी दुर्घटना, २ को मृत्यु १ गम्भीर


९ चैत, कैलाली । कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किएर भएकाे दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको लम्कीचुहा नगरपालिका–२, गणेशपुरमा से २ प ७९८१ र से ५ प ४८०३ नम्बरको मोटरसाइकल ठाेक्किँदा  टीकापुरका २५ वर्षीय शिवराज बोगटी र नेत्र रावलको मृत्यु भएको हाे । प्रहरीका अनुसार, बाेगटीकाे घटनास्थलमै र रावलकाे कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएकाे हाे ।

प्रहरी निरीक्षक नैनसिंह साउदका अनुसार दुर्घटनामा घाइते २ मध्ये १ को अवस्था गम्भीर छ । गम्भीर घाइते कञ्चनपुरका दीपक चौधरीकाे नेपालगञ्जमा उपचार हुँदैछ भने अर्का घाइते आशाराम चौधरीको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment