Comments Add Comment

८ गल्ती: जसका कारण फेसबुकले माफी माग्नु परेको थियो


विश्वको सबैभन्दा ठूलो सोसल मिडिया प्लेटफर्म फेसबुकका लागि अहिले खराब समय चलिरहेको छ । करोडौँ प्रयोगकर्ताको डाटा लिक भएको विषय सार्वजनिक भएसँगै विश्वस्तरमै फेसबुकको विरुद्धमा आवाज उठिरहेको छ ।

यसअन्तर्गत #DeletFacebook अभियान नै चलेको छ । फलस्वरुप फेसबुकको शेयर मूल्यमा ७ प्रतिशतले गिरावट आउँदा कम्पनीलाई अर्बौँ रुपैयाँ घाटा लागेको छ ।

यद्यपि, फेसबुक र विवाद अन्योन्याश्रित जस्तै रहँदै आएका छन् । फेसबुक पहिलेदेखि नै विभिन्न खाले विवादले घेरिँदै आएको छ । फेसबुकले अहिलेसम्म झेल्नुपरेका विवादहरु जसका कारण उसले माफी नै माग्नुपरेको थियो, तीमध्ये मुख्य ८ वटा विवाद यस्ता छन्ः

१. बाल यौन दूराचारबारेको सर्भे: हालै फेसबुकमा एउटा आपत्तिजनक सर्भे देखा पर्यो । वाशिंटन पोष्टका अनुसार त्यो सर्भे बाल यौन दूराचार अर्थात् पेडोफाइलसँग सम्बन्धित थियो । त्यसमा फेसबुक प्रयोगकर्तासँग सोधिएको थियो- के कुनै पेडोफाइललाई बच्चाको यौनिक तस्वीर देखाउने अनुमति दिनुपर्दछ ? यसको विषयमा निकै आलोचना भएपछि फेसबुकले यस विषयमा माफी माग्यो । फेसबुक प्रडक्ट डिपार्टमेन्टका उपाध्यक्षले उक्त सर्भेमा सहभागी हुनु गल्ती भएको स्विकारे ।

२. अश्लील तथा अनौठा खाले सर्च सुझाव: हालै प्रयोगकर्ताले ट्विटरमा फेसबुकको तर्फबाट सुझाइएका अश्लील तथा अनौठा खालका सर्च सुझावका विषयमा ध्यानाकृष्ट गरे । प्रयोगकर्ताले स्क्रिनशट पनि शेयर गरे जसमा पूरै दुनियाँका विभिन्न भाषाहरुमा अश्लील सर्चको सुझाव दिइएको थियो । फेसबुकले यस विषयमा विज्ञप्ति जारी गरी माफी मागेको छ । यस्ता सर्च प्रेडिक्सन्सलाई हटाइएको उसले जनाएको छ । तर फेसबुकले यो पनि भनेको छ कि मानिसले फेसबुकमा जे खोज्दछन् सर्च प्रेडिक्सन्समा त्यहीँ नै प्रतिबिम्बित हुन्छ ।

३. टू फ्याक्टर अथेन्टिकेसनवाला प्रयोगकर्तामाथि स्पामिंग: गत फेब्रुुअरीमा ट्विटरमा ग्याब्रिएल लेविसले लेखे- फेसबुकमा टू फ्याक्टर अथेन्टिकेसन अर्थात् दुइ तहको प्रमाणीकरण गरेसँगै टेक्स्ट मेसेजको अन्तहीन सिलसिला सुरु भएको छ । यस विषयमा फेसबुकका चिफ सेक्योरिटी अफिसर एलेक्सले माफी मागे । एक ब्लग पोष्टमार्फत उनले जानीबुझी प्रयोगकर्तालाई यस्ता लगातार मेसेज नपठाइएको र एउटा भाइरसका कारण त्यस्तो भएको बताए ।

४. शुटिंग भर्चुअल रियालिटी गेमलाई प्रोत्साहित गरेको: गत महिना फेसबुकले बुलेट रेलमा आधारित आफ्नो एक भर्चुअल रियालिटी गेमको डेमो पोष्ट गर्यो । यस गेममा खेलाडीले एक काल्पनिक बन्दुकबाट रेलमा रहेका अन्य खेलाडीलाई मार्दछ । अमेरिकाको फ्लोरिडास्थित स्कुलमा भएको गोलाबारीको घटना लगत्तै उक्त गेमको डेमो रिलिज भएको थियो । फेसबुकले यस विषयमा पनि माफी माग्नुपरेको छ ।

५. प्रयोगकर्ताको न्युजफिडलाई म्यानिपुलेसन गरेकोः सन् २०१२ मा फेसबुकले आफ्ना झण्डै ७ लाख प्रयोगकर्ताको न्यूजफिडलाई म्यानिपुलेट गर्यो । जबकि प्रयोगकर्तालाई यसबारेमा जानकारी नै थिएन । ती प्रयोगकर्ताले आफ्ना साथीहरुको पोजेटिभ फिड्स कम प्राप्त गरेका थिए । यस विषयमा पनि विवाद उत्पन्न भएप्छि फेसबुकले माफी मागेको थियो ।

६. प्रयोगकर्ताको सूचना विज्ञापनदातालाई दिएकोः सन् २०१० को २४ मार्चमा मार्क जुकरबर्गले वासिंटन पोष्टमा लेखेको आलेखमा भनेका थिए की फेसबुक एक कोठाको प्रोजेक्टबाट अहिले लाखौँ मानिसलाई जोड्ने सोसल नेटवर्कमा विकसित भएको छ । त्यस बेला फेसबुकमाथि लाखौँ प्रयोगकर्ताको डाटा प्रयोगकर्ताको जानकारी विनै विज्ञापनदातालाई दिएको आरोप लागेको थियो । जुकरबर्गले यस विषयमा प्रष्टिकरण दिनुपरेको थियो ।

७. प्रयोगकर्ताको निजी जानकारी अन्यलाई जानकारी गराएकोः धेरैलाई सम्झना छैन होला कि ११ वर्षअघि फेसबुकले बेकन नामको एक नयाँ फिचर ल्याएको थियो । उक्त फिचरमा अनलाइन बिक्रेता कम्पनीहरुलाई यस्तो सुविधा दिइएको थियो जसमा कुनै फेसबुक प्रयोगकर्ताले अनलाइनमा केही चिज खरीद गरेमा त्यसको नोटफिकेसन खरीदकर्ताको फेसबुक फ्रेण्डहरुलाई जान्थ्यो । यस्तो फिचरले प्रयोगकर्ताको गोपनियता हनन भएको र गल्ती भएको भन्दै फेसबुक संस्थापक मार्क जुकरबर्गले माफी मागे ।

८. न्युज फिड र मिनी फिडमा समस्याः सन् २००६मा फेसबुकले केही प्रयोगकर्ताको प्राइभेट पोष्ट उनीहरुको जानकारी विनै अरुसँग शेयर गरेको थियो । यस विषयमा पनि जुकरबर्गले माफी माग्नुपरेको थियो । त्यस समय फेसबुक एक नयाँ सोसल मिडिया प्लेटफर्मको रुपमा अगाडि आउँदै थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment