Comments Add Comment

५० मिनेटमा ३ परौंठा सकेमा जीवनभर सित्तैमा खान पाइने


परौंठा भन्नेबित्तिकै मुख रसाउँछ होला सबैको । सायद मानिसहरुको परौंठा प्रतिको लगाव देखेरै होला छिमेकी मुलुक भारतमा परौंठा खाजाघरका व्यापारीले यस्तो स्कीम ल्याएका छन् जो सुन्दैमा जाउँ–जाउँ लाग्छ ।

हरियाणाको रोहतकमा खुलेको एक परौंठा खाजाघरले यस्तो अफर ल्याएको छ, जुन निकै अनौठो छ ।

उक्त अफर अनुसार, यदि कसैले ५० मिनेटमा ३ वटा परौंठा खान सकेमा त्यस व्यक्तिलाई जीवनभर सित्तैमा परौंठा खान दिइनेछ ।

उक्त खाजाघरको नाम तपस्या परौंठा जक्सन हो । यहाँ विश्वकै सबैभन्दा ठूलो आकारको परौंठा खान पाइन्छ । परौंठाको आकार २ फिट र वजन एक किलो हुन्छ । दिनहुँ हजारौंको संख्यामा मानिसहरु परौंठा खान त्यहाँ आउँछन् ।

एउटा परौंठाको मूल्य डेढदेखि साढे ३ सय भारुसम्म पर्दछ । ५० मिनेटमा ३ वटा परौंठा खान सकेमा जीवनभर सित्तैमा परौंठा दिने अफरपछि खाजाघर झनै चर्चित बनेको छ ।

धेरै मानिसहरु उक्त अफर जित्नका लागि परौंठा खाने प्रयास गर्दछन् तर ५० मिनेटमा ३ वटा परौंठा सक्ने मानिस जम्मा २ जना मात्र फेला परेका छन् ।

रोहतकका अश्विनी नामका व्यक्तिले ४० मिनेटमै ३ वटा परौंठा खान सके भने मध्य प्रदेशका महाराज नामका व्यक्तिले ५० मिनेटमा ४ वटा परौंठा भ्याए । यी दुईजनाले अब तपस्या परौंठा जक्सनमा जिन्दगीभर सित्तैमा परौंठा खान पाउनेछन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment