Comments Add Comment

एसईई परीक्षा अनुगमन गर्न गृहजिल्ला पुगे शिक्षामन्त्री

९ चैत, महोत्तरी । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीको बर्दिवासस्थित एसईई परीक्षा केन्द्रहरुको अनुगमन गरेका छन् ।

शुक्रबार बिहान गृहजिल्ला महोत्तरीका परीक्षा केन्द्रहरुमा पुगेर शिक्षा मन्त्री पोखरेलले अनुगमन गरेका हुन् ।

बर्दिवासका दुई विद्यालयमा अनुगमन गर्दै केन्द्राध्यक्षहरुलाई परीक्षा ब्यवस्थित र मर्यादित बनाउन मन्त्री पोखरेलले निर्देशन दिएका छन् । उनले परीक्षा केन्द्रमा पुगेर परीक्षार्थीहरुलाई शुभकामना पनि दिए ।

महोत्तरीमा १०५ विद्यालयका परीक्षार्थीहरुले २९ परीक्षा केन्द्रबाट शुक्रबार दोस्रो दिन नेपाली विषयको परीक्षा दिएका छन् । महोत्तरीमा ८ हजार २२३ विद्यार्थीहरु एसईई परीक्षामा सहभागी छन् ।

मन्त्री पोखरेलले एसईई परीक्षाको पहिलो दिन काठमाडौं उपत्यकाका केन्द्रहरुमा अनुगमन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment