Comments Add Comment

दुर्घटनामा मृत्यु भएका पाइलटकी पत्नीको पनि मृत्यु

९ चैत, काठमाडौं । काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान मृत्यु भएको छ ।

विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो ।

उनलाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान साढे ९ बजे भएको अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यम द डेली स्टारलाई बताएका छन् ।

मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिने उनको शव पति अबिदको चिहान नजिकै राखिने परिवारले जनाएको छ ।

पाइलट अविदले चलाएको जहाज फागुन २८ गते काठमाडौंमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ४९ जनाको मृतयु भएको थियो ।

मृत्यु हुनेमा २६ जना बंगलादेशी, १ चिनियाँ र १ जना माल्दिभ्सका नागरिक छन् । बाँकी २१ जना नेपाली रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment