Comments Add Comment

जलस्रोत समृद्धिको मुख्य आधारः मन्त्री पुन

९ चैत, काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जलस्रोतलाई मुलुकको समृद्धिको मूल आधार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री पुनले राष्ट्रको समृद्धि र जनताको उन्नति नै सरकारको एक मात्रै लक्ष्य रहेको स्पष्ट पार्दै जलस्रोतलाई समृद्धिको मुख्य आधार बनाउने बताएका हुन् ।

जलविद्युत क्षेत्रको विकासका लागि युग सुहाउँदो नीति बनाउने घोषणा मन्त्री पुनले गरेका छन् ।

काठमाडौंमा शुक्रबार आयोेजित ‘आर्थिक समृद्धिका लागि जलविद्युत’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको अझ बढी सहयोगको उपेक्षा सरकारले गरिरहेको बताए ।

सरकारले जलविद्युत क्षेत्रको बहुउपयोग गर्न विशेष कार्यक्रम नै ल्याउने उल्लेख गर्दै मन्त्री पुनले सरकार परिणाम दिने गरी काममा केन्दि्रत भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment