Comments Add Comment

सिरहाको सुन पसलमा बम विस्फोट, ८ जना घाइते

९ चैत लहान । लहान नगरपालिका ७ दुर्गा मन्दिर अगाडि सुन पसलमा बम विस्फोट हुँदा ८ जना घाइते भएकाा छन् ।

स्थानीय विकास ज्वेलर्समा बम विस्फोट हुँदा पसल सञ्चालक विकास सारडा, उनका भाइ राहुल सारडासहित ८ जना घाइते भएका हुन् ।

त्यस्तै नवराजपुर गाउँपालिका ३ कि देवकुमारी यादव, उनका सात वर्षका छोरा सतिस यादव, लहान नगरपालिका ११ कि विनिता चौधरी, लहान २१ कि बबितादेवी यादव, लहान ९ कि अस्मिता चौधरी, सुरुङ्गा नगरपालिका ६ कि मनिकादेवी राम घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पसल सञ्चालक विकास र उनका भाइ राहुलको लाहानकै सप्तऋषि हस्पिटलमा र अन्य ६ जनाको रामप्रसाद सारडा उमाप्रसाद मुरारका अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेशबहादुर चन्दले जानकारी दिए ।

ब्यापारी र सर्वसाधारण आतंकित

ब्यापारीलाई लक्षित गरी श्रृङ्खलाबद्ध बम बिस्फोट भएपछि यहाँका ब्यापारी तथा सर्बसाधरण आतङ्कित भएका छन् ।

यसअघि फागुन १० गते पनि लहान नगरपालिकाको शहीदचोकमा शत्तिशाली कुकर बम बिस्फोट हुँदा एक जना गम्भीर घाइते भएका थिए ।

त्यसको ठीक एक महिनाअघि लहानकै ब्यस्त शहिद चोकमै साइकल स्टोरमा पनि बम बिस्फोट भएको थियो । पसलको अगाडि बिस्फोट भएकाले मानवीय क्षति भएको थिएन ।

यसअघिका दुईवटा विस्फोटको घटनास्थलमा अखिल तराई मुक्ति मोर्चाको पर्चा घटना स्थल वरीपरी भेटिको थियो ।

विस्फोटका घटना एकपछि अर्को गरी भइरहे पनि प्रहरीले घटनामा संलग्न अहिलेसम्म पक्राउ परेका छैनन् ।

सारडाको पसलमा सुन किन्न आउने एक युवकले ल्याएर राखेको सामान उनी गएको केही समयपछि विष्फोट भएको सिराहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए ।

ती युवक गएको केही समयपछि विष्फोटन भएकाले ‘टाइम बम’ हुन सक्ने आशंका प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment