Comments Add Comment

सिन्धुपाल्चोकमा बस दुर्घटना, तीनजनाको मृत्यु, ९ घाइते

९ चैत, सिन्धुपाल्चोक ।  काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ अाउँदै गरेको बस दुर्घटना भएको छ ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मेलम्ची नगरपालिका-१२ को चारघरे भन्ने स्थानमा बस दुर्घटना भएको हो ।

बा२ख ४३२५ नम्बरको बस सडक बाट ५० मिटर तल खसेका प्रहरीले जानकारी दिएको छ।

मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ  ।

बसमा सवार ३५ जनामध्ये नौजना घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment