Comments Add Comment

मनमा कुण्ठा पाल्नु स्वास्थ्यको लागि हानिकारक !

कुनै कुरालाई लिएर लगातार कुण्ठित रहिरहनु तथा चाहरेर पनि केही गर्न नसक्नुको स्थितिमा लामो समयसम्म रहियो भने खतरनाक स्वास्थ्य समस्या देखा पर्न सक्छ । यो विषयमा भएका अनेकौं शोध एवं अध्ययनबाट के स्पष्ट भइसकेको छ भने मन-मस्तिष्कमा भरिएर रहने यस्तो गथासोले लामो समयसम्म उपयुक्त निकास पाउन सकेन भने गम्भीर स्वास्थ्य समस्याले सताउने कुरामा कुनै शंका रहँदैन ।

यसकारण विषरूपी मनको कुण्ठा भित्रै जम्मा भइरहन दिनुहुँदैन, बिस्तारै-बिस्तारै बाहिर निकाल्नुपर्छ । स्वस्थ रहनका लागि मनको कुण्ठा बेलाबेलामा निकालिरहनुपर्छ । घर तथा अफिसको कामको दबाब, बोस वा शिक्षकको गाली, साथीभाइसँगको झगडाजस्ता हरेक समस्याबाट सिर्जित तनावलाई मनभित्र जम्न नदिई बाहिर निकालिरहनु एकमात्र उपाय हो ।

कतिपय अवस्थामा यस्तो स्थिति रहन्छ कि मानिसले तीव्र चाहना हुँदाहुँदै पनि आफ्नो क्रोध व्यक्त गर्नका लागि मारपिट गर्न सक्दैन । यस्तो अवस्थामा सम्बन्धित व्यक्तिलाई सराप्दा मनमा आनन्द र शान्तिको अनुभव हुन्छ । यो कुरामा विश्वभरका मनोवैज्ञानिकका बीच मतैक्य पाइन्छ ।

विरोधी, शत्रु वा मन नपर्दो मान्छे सदैव आफ्नो अगाडि हुन्छ भन्ने छैन र छ भने पनि उसैका अगाडि उसलाई गाली गर्दा वा रिसाहापन प्रदर्शित गर्दा स्थिति झन् खराब बन्नसक्छ । यसकारण उसको सट्टा उसकै प्रतिरूप पुतला वा प्रतीक चिह्न आदिमाथि क्रोध व्यक्त गर्दासमेत काम बन्नसक्छ किनभने त्यसलाई गाली गर्दा वा सराप्दा समेत क्रोध शान्त हुन्छ ।

एक जानकारीअनुसार जापानमा ठूल्ठूला कम्पनी तथा कार्यालयहरूमा यस्तो विशेष कक्षको व्यवस्था गर्ने चलन छ जहाँ एउटा पुतला हुनेगर्छ । जब कुनै कर्मचारीलाई आप\mनो कुनै सहकर्मी, हाकिम वा अन्य कुनै व्यक्तिका कारण क्रोध पैदा हुन्छ वा तनाव बढ्छ तब उसले त्यही पुतलालाई मनपरी गाली गरेर तथा कुटेर  क्रोधलाई निकास दिन्छ ।

कतिपय अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई सँगै बसेर, आपसमा मज्जासँग खुलेर कुरा गर्ने विशेष प्रबन्ध मिलाएका हुन्छन् । यसो गर्नुपछाडिको उद्देश्य उद्देश्य यही हुन्छ कि कसैको मनमा कुण्ठा, गुनासो, रिस, तनाव आदि छन् भने कुराकानीका क्रममा त्यो बाहिर आओस् र उसले तनावमुक्त भएर काम गर्न सकोस् ।

तोडफोडबाट उपचार

सुन्दा आश्चर्य लाग्नसक्छ । तोडफोड गरेर पनि मानसिक सुखशान्ति प्राप्त हुनसक्छ, तनावबाट छुटकारा पाउन सकिन्छ । कतिपय अवस्थामा जीवनलाई सहज बनाउने कुनै कुराहरूले नै मानिसमा तनाव सिर्जना गर्छन् यसकार त्यो तथा त्यसजस्ता अन्य चिजहरूमाथि गरिने तोडफोडले मनमस्तिष्कलाई आराम दिएको अनुभव हुन्छ । केही समय पहिले साइकोलोजिकल बुलेटिनमा पनि ड्यामेज थेरापीको बारेमा बताइएको थियो ।

स्पेनको एक कबाडी कारखानामा मासिहरूलाई तोडफोड गर्ने वातावरण मिलाएर सेवा दिन थालिएको छ । मूल्य छ दुई घन्टाको चार हजार रुपैयाँ । त्यहाँ तनाव कम गर्नका लागि टिभी, कम्प्युटर, फ्रिज, कार, स्कुटर, बाइक, मोबाइल फोन, घरेलु सामान आदिलाई रिस नमरुन्जेल तोडफोड गरेर मानसिक शान्ति प्राप्त गर्न सकिन्छ ।

तनाव हटाउने यो उपायबाट बिरामीहरूलाई कति फाइदा पुग्ला त भन्ने प्रश्नको जिज्ञासामा ‘स्टप स्ट्रेस’ नामक एक कम्पनीले के दाबी गरेको छ भने उपचारको दुई घन्टे समयमध्ये आधा घन्टामै बिरामीले आराम महसुस गर्नसक्छ । यसरी आफ्नो कुनै पनि शत्रु वा आफूलाई मन नपर्ने व्यक्तिको पुतलामा लात्तीमुड्की बजारेर स्वास्थ्यलाभ गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment