Comments Add Comment

दाउद इब्राहिमबारे अमेरिकी सांसदहरुलाई ब्रिफिङ

९ चैत, काठमाडौं । दाउद इब्राहिम नेतृत्वको आतंककारी समूह डी–कम्पनी अन्य थुप्रै क्षेत्रहरुमा फैलिएको र शक्तिशाली अन्तरदेशीय आतंकवादी तथा अपराधिक संगठनका रुपमा विकास भएको अमेरिकी विधायकहरु समक्ष बताइएको छ ।

भारतमा केही आतंकवादी आक्रमण गराएर वान्टेडको सूचीमा रहेका भारतीय अन्डरवर्ल्ड डन दाउद अहिले पाकिस्तानको कराँचीमा रहेको बताइन्छ । तर, पाकिस्तानले आफ्नो देशमा उनको उपस्थिति नकार्दै आएको छ ।

‘भारतबाट उम्रिएको डी कम्पनीले लागूऔषध ओसारपसारको केन्द्रविरुद्धको रुपमा कराँचीको ऐतिहासिक भूमिकालाई विस्तार गरेको छ,’ जर्ज मासोन युनिभर्सिटीका प्राध्यापक डा. लुइस शेल्लीले विधायकहरुलाई भनेका छन् । डी कम्पनी अहिले धेरै क्षेत्रमा छरिएको उनले दावी गरे ।

‘मेक्सिकन लागूऔषध संगठनहरुजस्तै डी कम्पनी छरिएको छ । उनीहरु हतियार र नक्कली डीभीडीहरुको ओसारपसारका साथै वित्तीय सेवामा समेत संलग्न छन्,’ उनले भने ।

दाउदविरुद्ध भारतको लामो अभियानलाई अमेरिकाले सन् २००३ मा मान्यता दिएको थियो, जब उसले दाउदलाई अलकाइदासँग जोडिएको विश्वव्यापी आतंकवादी घोषणा गर्‍यो ।

सोही अवसरमा नेसनल डिफेन्स युनिभर्सिटीका प्रोफेसर सेलिना बी रिलुयोले हालै अफगानिस्तानको काबुलमा भएका आक्रमणहरु नियोजित हुनुका साथै पाकिस्तानबाट सुरक्षितरुपमा सञ्चालन गरिएको बताइन् ।

सन् २०१८ मा विश्वले धेरै घातक आक्रमणहरु व्यहोरिसकेको छ । गत २० जनवरीमा काबुलमा २० बन्दुकधारी र सुरक्षाकर्मीबीचको गोली हानाहानमा २२ जनाको मृत्यु भएको थियो, जसमा ४ जना अमेरिकीहरु थिए ।

यसैगरी, २७ जनवरीमा एक आक्रमणकारीले काबुलमै एम्बुलेन्समा विष्फोट गराउँदा १०० जनाको मृत्यु भएको थियो । उक्त आक्रमणको जिम्मेवारी तालिवानले लिएको थियो ।

गत वर्षको जूनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको भ्रमण गर्दा दुई देशबीचको संयुक्त विज्ञप्तिमा आतंकवादविरुद्ध सहकार्य गर्ने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment