Comments Add Comment

चिनियाँ सामानमा ६० अर्ब डलर शुल्क लगाउने अमेरिकी घोषणा, ब्यापार युद्धको खतरा

९ फागुन, काठमाडौं । अमेरिकाले चिनियाँ सामानमाथि ६० अर्ब डलरसम्म शुल्क लगाउने र आफ्नो देशमा चीनको लगानीलाई सीमित बनाउने घोषणा गरेको छ । यसले अमेरिका र चीनबीच ब्यापार युद्धको खतरा बढेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारसम्बन्धी कार्यालयलाई नया करमा ६० अर्ब डलर शुल्क तिर्नुपर्ने सामानहरुको सूची प्रकाशित गर्न १५ दिनको समय दिएका छन् ।

चिनियाँ अर्थ व्यवस्थाले दिएको अनुचित प्रतिस्पर्धालाई चुनौती दिन यो कदम चाल्नु परेको हृवाइट हाउसले बताएको छ ।

चीनले भने आवश्यक उपायहरुसहित त्यसको प्रतिकार गर्न आफू तयार रहेको बताएको छ । आफ्नो हितका लागि अन्त्यसम्म ब्यापार युद्ध लड्ने उसले बताएको छ ।

अमेरिकाको नयाँ कदमले शेयर बजार प्रभावित भएको छ ।

बीबीसीका अनुसार अमेरिकी डाउ जोन्स परिसूचक २.९ प्रतिशतभन्दा बढीले घटेर २३ हजार ९५७ मा आइपुगेको छ । यो अहिलेसम्मकै पाँचौं ठूलो गिरावट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment