Comments Add Comment

अन्तर्राष्ट्रिय झापाली समाजको पहिलो क्षेत्रीय भेला कतारमा

दोहा । विश्वभर रहेका प्रवासी झापालीहरुको साझा संगठन अन्तर्राष्ट्रिय झापाली समाजको पहिलो क्षेत्रीय भेला कतारको दोहामा हुने भएको छ ।

अष्ट्रेलिया निवासी अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलका अनुसार गत दशैँमा झापाको बिर्तामोडमा भएको प्रथम अन्तराष्ट्रिय अधिबेशनबाट बनेको समितिले कार्यसमितिले विश्वभर झापाली संगठन रहेका देशहरु अन्तर्गत बिभिन्न क्षेत्रका ५ ठाउँमा क्षेत्रिय भेला आयोजना गर्ने निर्णय गरेको थियो । सोही अनुरुप पहिलो भेला मध्यपूर्वको कतारमा गर्न लागिएको हो ।

समृद्ध झापा निर्माणका लागि अन्तराष्ट्रिय झापाली समाज भन्ने मूल मन्त्रका साथ स्थापना भएको समाजले स्थापनाको छोटो समयमा नै २ दर्जन भन्दा धेरै देशहरुमा आफ्नो सञ्जार विस्तार गरिसकको छ भने थप ठाउँमा शाखा विस्तारको तयारी भइरहेको जनाइएको छ ।

पहिलो २ वर्षभित्रमा विश्वका ४० भन्दा धेरै देशमा आफ्नो संगठन तयार गर्ने उद्देश्य लिएको समाजले कतारको होटल क्राउन प्लाजामा गर्न लागेको पहिलो क्षेत्रिय भेलाले विश्वभर रहेका सम्पूर्ण झापालीहरुमा नयाँ उत्साह र उमङ्ग प्रवाह गर्ने र समाज प्रतिको जिम्मेवारी अझ बहन गर्न उत्प्रेरित गर्ने अध्यक्ष पोखरेलले बताए ।

भेलामा केही महत्वपूर्ण र दीर्घकालीन योजनाहरू बारे पनि सार्वजनिक हुने उनको भनाइ छ ।

अप्रिल २६, २७, २८ मा कतारको दोहा स्थित होटेल क्राउन प्लाजामा हुने ३ दिने भेलामा भाग लिन विश्वभर रहेका समाजका प्रतिनिधि तथा कतार लगायत मध्यपूर्वका ३०० भन्दा बढी झापालीहरुको उपस्थिति रहने बताइएको छ ।

आयोजक राष्ट्रको रुपमा झापाली समाज कतारले पनि मूख्य भूमिका खेल्ने कतार निवासी अन्तराष्ट्रिय झापाली समाजका प्रवक्ता महेन्द्र चम्लागाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment