Comments Add Comment

भूमिसुधार कार्यालयका नासु १० हजार घुससहित समातिए

९ चैत, भक्तपुर । भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरका नायब सुब्बा कमल भुजेल घुस लिँदालिँदै पक्राउ परेका छन् ।

उनी सेवाग्राहीबाट १० हजार रूपैयाँ घुससहित अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीबाट पक्राउ परेका हुन् ।

चाँगुनारायण नगरपालिका-८ मा जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि उनीले सेवाग्राहीसँग घुस रकम माग गरेका थिए ।

उनलार्इ कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको अायोगका प्रवक्ता दीर्घराज मैनालीले बताए ।

थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment