Comments Add Comment

शीघ्र महाधिवेशन गर्न कृष्ण सिटौलाको माग

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शीघ्र महाधिवेशनको माग गरेका छन् ।

नेतृत्वको स्वेच्छाचारी, अपारदर्शी र सामान्तवादी व्यवहारका कारण कांग्रेसले चुनाव हारेको उनको विश्लेषण छ ।

शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सिटौलाले पार्टी सभापति शेरबहादुर देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि आलोचना गरे ।

तत्कालीन सभापति सुशील कोइरालाले प्रधानमन्त्री उम्मेदवार बनाउनेदेखि नाकाबन्दीको विरोध, आईजीपी प्रकरण, लोकतान्त्रिक गठबन्धन लगायतका विषयमा आफूले समयमै नेतृत्वलाई सचेत गराएपनि सुनुवाई नभएको उनले बताए ।

देउवाले एकलौटी ढंगले निर्णय गर्नुका साथै टिकट वितरणमा मनोमानी गरेको उनको आरोप छ ।

अब शीघ्र महाधिवेशन गरेर परिर्वतनको सन्देश दिन सक्नुपर्ने उनले बताए । ‘होइन भने तपाईहरुले पार्टी त कब्जा गर्न सक्नुहोला तर, देश अरुले नै कब्जा गर्छन्’ उनले भने ।

बैठकमा अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंहले लिखित रुपमा नै ९ पन्ने धारणा राखेका थिए । उनले पनि पार्टी सभापतिको चर्को आलोचना गरेका छन् र तत्काल महासमिति बैठक बोलाएर विधान संशोधन गर्नुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment