Comments Add Comment

एक लाखमा एक कप कफी पनि पाइन्न !

९ फागुन, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मुदुरोले आफ्नो देशको मुद्राबाट तीन शुन्य हटाउने घोषणा गरेका छन् । उनले टेलिभिजन सन्देशमा देशको मुद्रा बोलिभरको पुनः डिमोनिटाइज गर्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, पुराना नोट र सिक्का हटाएर ४ जुनबाट नयाँ नोट ल्याउने निर्णय गरेको छु ।’

यद्यपि यसले बोलिभरको मूल्यमा कुनै असर पर्दैन । बोलिभरको सबैभन्दा ठूलो नोट एक लाख हो । तर, बजारमा यसको मूल्य छैन । ब्लाक मार्केटमा १ लाख बोलिभर बराबर ०.५ डलर पाइन्छ । भेनेजुएलामानै पनि एक लाख बोलिभरमा एक कप कफी किन्न सकिँदैन । एक हिलो चिनीको मूल्य ढाई लाख बोलिभर छ ।

आर्थिक संकटका कारण महंगी बढेको छ । गत वर्ष महंगी ६००० प्रतिशत बढेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुमान छ कि यो वर्ष १० हजार प्रतिशतसम्म पुग्नसक्छ ।

भेनेजुएला तेलको धनी छ । तर, राजनीतिक अस्थिरताका कारण अवस्था निकै खराब छ ।

खाद्य र अन्य सामाग्रीको मूल्य लगातार बढ्दो छ । सरकारको पछिल्लो निर्णयले एक किलो चिनीको अढाई लाखको सट्टा अढाई सयमा पाउँदा राहत जस्तो हुनेछ तर, नोटबन्दीले देशको अवस्थामा ठूलो फेरबदल आउने छैन ।

राष्ट्रपति मुदुरोले महंगीबाट मानिसहरुको ध्यान मोड्ने कोसिस मात्र गरेको मानिएको छ । किनकी उनी यसै र्वा मेमा हुने चुनावमा फेरि उम्मेदवार बन्दैछन् ।

देशमा भ्रष्टाचार र कमजारी सरकारीतन्त्रलाई महंगीको मुख्य कारण मानिएको छ तर, मुदुरोले भने पश्चिमाहरुले आफूविरुद्ध षड्यन्त्र गरेको बताएका छन् ।

अमेरिका, क्यानडा र युरोपियन युनियनले मानवअधिकार हननलाई लिएर भेनेजुएलामाथि थुप्रै प्रतिबन्ध लगाएका छन् । देश आर्थिक युद्धको शिकार भएको मुदुरो बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment