Comments Add Comment

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक गम्भीर

९ चैत, डडेल्धुरा । डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान साढे ११ बजेको समयमा जिल्लाको भागेश्वर गाउँपालिका-४ शेराघाट भन्ने ठाउँमा से१त ९५३२ नम्बरको बालुवा बोकेको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी बझाङको थलरा गाउँपालिका-८ का २३ वर्षीय प्रकाश जोशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन् ।

दुर्घटनमा ट्याक्टर चालक कञ्चनपुरको लालभाडी ३ का शिवराज राना चौधरी गम्भीर घाइते भएका छन् ।

उनको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

बालुवा बोकेको ट्रयाक्टर सडकभन्दा करिब २ सय मिटर तल खसेको उनले बताएका छन् । ट्रयाक्टर अनियन्त्रिय भएर पल्टिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment