Comments Add Comment

दक्षिण फ्रान्सको सुपरमार्केटमा आतंकवादी हमला, २ जनाको मृत्यु

दक्षिण फ्रान्सको एक सुपर मार्केटमा बन्दुकधारीको आक्रमणमा दुई जनाको मृत्यु भएको छ । दक्षिण शहर ट्रेब्सको सुपर यू सपमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बन्दुकधारीको आक्रमण र बन्धक बनाउँदा दुई जनाको मृत्यु भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

उद्दारकर्ताले ती बन्धुकधारी इस्लामिक स्टेटको भएको दावी गरेका छन् ।

घटना हुनुभन्दा केही समय अघि सुपरमार्केटदेखि १५ मिनेटको दूरीमा एक प्रहरी कर्मचारीमाथि गोली प्रहार भएको थियो । तर यी दुई घटना अन्तर सम्बन्धित हो वा होइन भन्ने खुलेको छैन ।

प्रधानमन्त्री इडवार्ड फिलिपेले घटना ‘गम्भीर’ भएको बताएका छन् । स्थानीय समय अनुसार दिउँसो सवा ११ बजे सुपरमार्केटभित्र प्रवेश गरेको मान्छेले बन्दुक पड्काएको सुनिएको एएफपीले जनाएको छ ।

क्षेत्रीय प्रहरी प्रमुखले एक जना मानिस सुपरमार्केटमा मारिएको जानकारी आए पनि पुष्टी नभएको बताएका  छन् । त्यस क्षेत्रमा सयौं प्रहरी परिचालन गरिएको छ  र सुपरमार्केटलाई प्रहरीले घेराबन्दी गरेको छ ।

सन् २०१५ देखि फ्रान्समा पटक पटक आतंकवादी हमला हुँदै आएको छ । सन्‍ २०१५ मा फ्रान्सको राजधानी पेरिसमा आतंकवादी आक्रमण हुँदा १३० जना मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment