Comments Add Comment

मेरिकोले नेपाल ल्यायो नयाँ लिभअन सेरम ड्यामेज प्रोटेक्ट


९ चैत, काठमाडौं । मेरिको लिमिटेड उपभोग्य सामानहरुको एक अग्रणी उत्पादकले नेपालको बजारमा लिभअन सेरम ड्यामेज प्रोटेक्ट ल्याएको छ । यो महिलाहरुको हेयर स्टाइल गर्नका लागि चर्चित ब्राण्ड लिभअन्को एक त्यस्तो नयाँ प्रकार हो । जुन, नेपाली बजारलाई नै लक्षित गरेर खास रुपमा डिजाइन गरिएको कम्पनीको दावी छ ।

यस्तो विशेष प्रकारको उत्पादनको बिक्री शुभारम्भ बलिउडकी चर्चित हस्ती हेयरस्टाइलिस्ट सानीया सहादद्पुरीका साथै हिडन ट्रेजर मिस नेपाल २०१८का २५ आकाँक्षी प्रतिस्पर्धीहरुको उपस्थितिमा भयो ।

यो नयाF उत्पादनले प्रयोगकर्ताहरुलाई विभिन्न उत्कृष्ट हेयर स्टाइल गर्ने विकल्पहरु जस्तैः सिधा बनाउने, घुमि्रएको बनाउने, कलर गर्नेका साथै युभि किरणहरु, धुँवाधुलो प्रदुषण लगायतबाट समेत कपाललाई जोगाउने कम्पनीको दावी छ ।

नेपाली युवतीहरुमा विविध स्टाइलका ग्याजेटहरु प्रयोग गर्ने बढ्दो प्रचलनसँगै उनीहरुले नियमित रुपमा सामना गर्नु परिरहेको समस्यालाई यो उत्पादनले सम्बोधन गर्ने भनिएको छ ।

समारोहमा प्रदर्शित नयाँ मुख्य भिजुअलअनुसार यो नयाँ र्फमुलाको उत्पादनले तापको विरुद्धमा ५ गुणा ज्यादा स्याहार र घाम र प्रदुषणको कारण कपाल टुक्रिने समस्याको विरुद्धमा १० गुणा ज्यादा राम्रो सुरक्षा प्रदान गर्ने सुनिश्चित गर्दछ, यसका साथै तत्कालै कपाल मुलायम, चम्किलो र लहलहाउँदो बनाउँछ ।

‘ब्राण्डले ती नेपाली युवतीहरुलाई लक्षित गरेको छ जो व्यस्त, मोबाइल लाइफ जिउने र सदा आफूलाई सुन्दर देखाउन लालायित रहन्छन् । उनी स्कूटर हँाक्नुको स्वतन्त्रताको अनुभव लिन चाहन्छिन् तर खराब वातावरण र धुलाम्मे सडकहरुले दिने तनावबाट विचलित छिन्,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

‘नयाँनयाँ हेयर स्टाइलको कोशिस गरिरहनुपर्ने आवश्यकता भएकालाई यो लक्षित छ, जसमा केमिकलहरु र ग्याजेट पनि समावेश हुने गर्दछ । यी नै विषयहरुलाई मध्यनजर राख्दै ती आधुनिक युवतीहरुको दैनिक जीवनको एक हिस्सा बन्ने उद्देश्य नयाँ लिभअन् सिरम ड्यामेज प्रोटेक्टले लिएको छ,’ थप उल्लेख छ ।

यो नयाँ उत्पादनलेस्टाइलमा रहन मात्र मद्दत नगरी साथसाथै वातावरणले दिने कडा असर र अन्य स्टाइलिङ एजेण्टहरु विरुद्ध पनि सुरक्षा प्रदान गर्ने र हरेक दिनको सफरलाई सुरम्यमय बनाइदिने दावी पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment