Comments Add Comment

एयरपोर्टको शौचालय देखाउँदै यात्रु भन्छन् : यो ट्वाइलेट हो कि नर्क ?


९ चैत, चितवन । स्वदेशी तथा विदेशी पर्यटकको पनि उच्च चाप हुने विमानस्थल हो, चितवनस्थित भरतपुर विमानस्थल । सौराह र मेघौली घुम्ने पर्यटकको आगमन तथा प्रस्थानविन्दु भरतपुर विमानस्थलको व्यवस्थापन कुन हालतमा छ भन्ने शौचालयको हालत देखेरै प्रष्ट हुन्छ । तर, शौचालय हेर्न पनि ठूलै आँट गर्नुपर्ने अवस्था भइसक्यो ।

पछिल्लो सयमा मुग्लिनको सडकमा समस्या आएपछि भरतपुर विमानस्थलमा विदेशी पर्यटकको पनि चाप बढेको छ । सामान्यतयाः विमानस्थलको शौचालय सफा र चिटिक्क हुन्छ भन्ने आम मानसिकता छ । तर, भरतपुर विमानस्थल पुगेपछि जो सुकै पनि पनि भन्छ ‘छि ! यो कस्तो शौचालय ?’

शौचालय प्रयोग गरेर निस्किएकी एक महिला  यात्रुले बिहीबार अनलाइनखबरसँग भनिन् ‘यो ट्वाइलेट हो कि नर्क ? कति लापरवाही गरेका, पानी पनि राखेका छैनन् ।’

विमानस्थल कार्यालयको अग्रभागमा दुईवटा शौचालय छन् । जसमध्ये एउटा शौचालय अत्यन्तै फोहर छ, अर्काेमा पालो पाउनै गाह्रो ।

यात्रुको लाइन लाग्ने यो शौचालय बिग्रेकाले सफा नगरी राखेको दावी गर्छ, विमानस्थल कार्यालय । तर, शौचालय खुल्ला छोडिएको छ, शौचालयमा पानी समेत नराखिँदा विमानस्थल परिस फोहोर दुर्गन्धित बनेको छ ।


विमानस्थल कार्यालयले यसलाई ‘आपतकालीन’ परिस्थतिमा प्रयोग गर्न मिल्ने भएकाले खुला राखेको बताउँछ । कार्यालय प्रमुख पवन गौतम यो संरचनालाई भत्काएर पिसाब फेर्ने शौचालयको रुपमा बनाउने योजना रहेको बताउँछन् ।

‘सफा नगरिएकै हो, यो आपत परेकाले प्रयोग गरुन् भनेर खुल्ले छाडेका हौ,’ उनी भन्छन् ।

सफा नगरिएकै भएपनि विकल्प नभएपछि शौचालयमा यात्रुहरुको भीड नै हुन्छ । एउटा मात्रै शौचालयले यात्रुको चाप थेग्न सक्ने अवस्था छैन ।

शौचालय बिगि्रएको र प्रयोग नगर्नू भन्ने कुनै सूचना पनि टाँसिएको छैन । यसमा कारण स्वदेशी र विदेशी दुवै यात्रुले बाध्य भएर प्रयोग गर्छन् र विमानस्थल प्रशासनलाई धिकार्छन् ।

प्रशासन भने बिग्रिएको शाैचालय भएकाले यो सामान्य भएको बताउँछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment