Comments Add Comment

फ्यानलाई वर्षाको जवाफः अलिकति दुब्लाउँछु ल !

नायिका वर्षा  राउतलाई नदुब्लाउन आग्रह गर्दै एक फ्यानले फेसबुकमा कवितात्मक चिठी लेखे । उनले वर्षा लाई ‘मेरी गोलुमोलु’ भन्दै मोटी नै सुहाएको तर्क गरेका थिए ।

अनलाइनखबरमा सो चिठी प्रकाशित भएपछि वर्षा ले पढिन् र मख्खै परिन् ।

‘पढ्दापढ्दै मेरा गाला राता भए, ओँठमा हाँसो निस्कियो,’ उनले भनिन् । उनले खुशी भएर सो चिठी परिवारमा अरुलाई पनि देखाइन् ।

‘चिठीको कुन अंशले बढि मन छोयो ?’ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘पाइन्ट, वानपीस नसुहाए कुर्ता सुरुवाल नै लगाउ भन्ने चाहिँ ।’

तर, उनले कुर्ता-सुरुवाल आफूलाई सुहाउने भए पनि पाइन्ट नलगाई साध्ये नहुने बताइन् ।

वर्षा  पहिले त दुब्ली नै थिइन् । उनी ३ वर्षदेखि मोटाउन थालेकी हुन् । गाला भने पहिलेदेखि नै पुक्क पुक्क नै थिए

‘पहिले धेरै हिँड्थेँ र एक्सरसाइज हुन्थ्यो,’ उनले भनिन्, ‘स्कुटी र गाडी प्रयोग गर्न थालेपछि मोटाउन थालेँ ।’

वर्षा को स्कुटी भए पनि प्राय उनी व्वाइफ्रेण्ड सन्जोग कोइरालाको गाडीमा हिँडेको देखिन्छ ।

दुब्लाउन पाए हुन्थ्यो भन्ने मनमा भए पनि वर्षा  आफ्नो मोटोपनाको चिन्ता लिएर बसेकी छैनन् । यद्यपि, पछिल्लो समयमा आफ्नो तौल घटाउन एक्सरसाइज र डाइटिङ गरिरहेकी छिन् । चिया पहिलेदेखि नै पिउँदिन थिइन्, गुलियो खान छोडेको धेरै भयो । बेलुका भात खान्नन् । खानाकी सौखिन उनलाई यसरी परहेजमा बस्नु पर्दा सकस भइरहेको छ ।

उनी आफ्नो अहिलेको तौल भने खुलाउन चाहन्नन् । ‘त्यो त नभनौं होला,’ भन्दै पन्छिइन् । तर, आफ्नो तौल पाँच केजी मात्र घटाउन चाहेकी छिन् उनले ।

‘मलाई दुब्लाएर जिरो फिगरमा झर्नु छैन,’ वर्षा ले भनिन्, ‘अलिकति दुब्लाउन पाय फिल्ममा सबै खालको रोलमा फिट हुन्थेँ भन्ने मात्र हो ।’

उनका प्रेमी सन्जोगले पनि वर्षा लाई अलिकति मात्रै दुब्लाउन सुझाव दिएका छन् ।

‘उहाँलाई मेरो म मोटो भएकोमा गुनासो छैन, तर स्त्रिmनका लागि अलिकति दुब्लाउँदा राम्रो हुन्छ भन्नुभएको छ,’ वर्षा ले भनिन् ।

अन्त्यमा, नदुब्लाउन आग्रह गर्ने फ्यानलाई के जवाफ दिनुहुन्छ भन्दा उनले भनिन्, ‘के गर्नु, अलिकति त दुब्लाउनै पर्ने छ । मलाई आशा छ कि दुब्लाइसकेपछि तपाईं मलाई झन् मन पराउनुहुनेछ ।’

यो पनि पढ्नुहोस् 

फ्यानको वर्षालाई पत्रः मेरी गोलुमोलु, तिमी नदुब्लाउ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment