Comments Add Comment

गीत नसुने यात्रा गरेको मजै आउँदैनः सरोज ओली

सरोज ओली पछिल्लो समय चर्चामा आएका गायक हुन् । उनको स्वर रहेको गीत ‘माछीले खाने खोलाको लेउ…’ ले युट्युवमा राखेको एक महिनामै करोड भ्युज पाएको छ भने अर्को गीत ‘तिमीलाई देखेपछि आई लभ यु…’ लाई एक करोड ७० लाखभन्दा बढीले हेरेका छन् । अर्को गीत ‘जति जति…’ पनि करोड पुग्नै लागेको छ ।

१ सय ५० भन्दा बढी चेतनामुलक गीतमा स्वर दिएका ओली नृत्यमा पनि पोख्त मानिन्छन् । ओलीसँग अनलाइनखबरले गरेको संगीत संवाद

आजकाल तपाईंको मुखमा झुण्डिएको गीत कुन हो ?

माछीले खाने खोलीको लेउ, आए म त कान्छा तिम्रो छेउ…

गीत प्राय केमा सुन्नुहुन्छ ?

घरमा मेरो एउटा साउण्ड सिस्टम छ, त्यसैमा सुन्छु । यात्रा गर्दा आफ्नै गाडीमा सुन्ने गरेको छु ।

कुन गीत तपाईंको वास्तविक जीवनसँग मेल खान्छ ?

ठ्याक्कै मेरो जीवनसँग मेलै खान गीत त धेरै नहोला । ‘माछीले खाने खोलीको लेउ’ को पनि केही अंश मेरो जीवनसँग मिल्छ ।

तपाईंले आफ्नो जीवनमा सुनेको पहिलो गीत कुन हो ?

नारायण गोपालको ‘यो सम्झिने मन छ’ । मेरो घर झापाको धुलावारी । बुवाले पारीब्ााट सानो रेडियो किनेर ल्याउनुभयो । त्यो रेडियोमा पहिलोपटक ‘यो सम्भिmने मन छ’ बज्यो ।

मनपर्ने गीतकार, संगीतकार र गायक को-को हुन् ?

नारायण गोपाल असाध्यै मन पर्छ । अहिलेको कुरा गर्नुहुन्छ भने राजेशपायल राई, अञ्जु पन्त र बसन्त सापकोटा मन पर्छ ।

अहिलेसम्म सबैभन्दा मन परेका ३ गीत ?

सबैभन्दा मन परेको ‘यो सम्झने मन छ’, ‘जोडी ढुकुर एकैसाथ नहुँदा’ र राज सिग्देलको पछिल्लो गीत निकै मन पर्छ ।

कस्तो बेलामा गीत सुन्न बढि मन लाग्छ ?

म प्राय टिभी हेर्दिन । बेलुका घरमा गीत सुन्छु । यात्रा गर्दा गीत सुनेन भने मजै आउँदैन ।

कुन जनराका गीत बढि मन पर्छ ?

मलाई त मोर्डन गीत मन पर्छ ।

तपाईंलाई मन नपरेको तर साह्रै चर्चित गीत ?

त्यस्तो त कुनै छैन ।

बाथरुममा गीत गुन्गुनाउने बानी छ कि छैन ?

मलाई त बाथरुम सिंगर भने पनि हुन्छ । म बिहान गुन्गुनाउने भनेकै वाथरुममा हो ।

तपाईंलाई आफ्नो स्वर कस्तो लाग्छ ?

ठिकै ।

हिन्दी/अंग्रेजी गीत कत्तिको सुन्नुहुन्छ ?

म नेपाली गीत सुन्छु । हिन्दी, अंग्रेजी सुन्दिन ।

अन्ताक्षरी खेल्न कत्तिको खप्पिस हुनुहुन्छ ?

खासै जाँगर लाग्दैन । घरमा कहिलेकाँही खेल्छु ।

मोबाइलमा कति गीतको संग्रह छन् ?

खासै धेरै राख्दिनँ, आफ्ना गीतहरु मात्रै राख्छु ।

यूट्यूबमा म्युजिक भिडियो कत्तिको हेर्नुहुन्छ ?

हेर्ने भनेकै युट्युवमा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment