Comments Add Comment

बालबालिकाको मुटुमा प्वाल, के छ यसको उपचार ?

बालबालिकामा मुटुको प्वाल जन्मजात हुनेगर्छ । सयौ शिशुमा एकजनालाई मात्र हुने यस्तो समस्या प्रायः जीनको विकारका कारण हुने गर्छ । कसैकसैमा यो वंशाणुगत पनि हुन्छ ।

शिशुको प्रारम्भिक विकासका क्रममै देखिने यस्तो समस्यालाई ‘होल इन हार्ट’ भन्ने गरिन्छ । आमाको पेटमा जब शिशुको अंगको प्रारम्भिक विकास भइरहेको हुन्छ, त्यतिबेला नै शिशुको मुटुका विभिन्न भागको पनि विकास भइरहेको हुन्छ । त्यसक्रममा मुटुको कुनै भाग राम्ररी विकास नभएको खण्डमा शिशुको मुटुमा प्वाल देखिने गर्छ ।

मुटुको प्वाल विभिन्न प्रकारका हुन्छन् । मुटुको माथिल्लो भागमा पर्ने प्वाललाई एएसडी (एट्रियल सेप्टल डिफेक्ट) भनिन्छ । मुटुको तल्लो भागमा वा दुई च्याम्बरको बीचमा हुने प्वाललाई भीएसडी (भेन्टि्रकुलर सेप्टल डिफेक्ट) भनिन्छ । त्यसबाहेक, मुटुका अनेक समस्याका कारण पनि बालबालिकाको मुटुमा प्वाल हुन गर्छ ।

मुटुमा प्वाल भएमा पेडि्रयाटिक डाक्टरलाई देखाउनुपर्छ । भीएसडी -भेन्टि्रकुलर सेप्टिक डिफेक्ट )भएमा बालबालिकाको सर्वाङ्ग विकाससँगै यो समस्या स्वतः कम भएर जान्छ । त्यस्तै, इएसडी भनेको मुटुको दुई, तीन वटा ठाउँमा हुने प्वाल हो । यस्ता प्वाल टाल्न खासै आवश्यक पर्दैन । बन्द गर्न आवश्यक मुटुको प्वाललाई चिकित्सकहरु आपन हार्ट सर्जरीद्धारा टाल्ने गर्छन् । यसका लागि मुटुको रोग विशेषज्ञसित सल्लाह लिनुपर्छ ।

मुटुमा प्वाल भएको लक्षण

बच्चाको मुटुमा प्वाल छ भने प्रायः दुइखालका लक्षण देखिन्छन् । पहिलो लक्षण हो, बच्चाको शरीरमा निलडाम देखिनु । मुटुको समस्या भएमा बच्चाको शरीर तथा अनुहारबाहेक जिब्रो, ओठ तथा नङ्ग पनि निलो हुने गर्छ । यही समस्याका कारण कयौ बच्चा पटक पटक बेहोश पनि हुन्छन् ।

त्यस्तै, दोश्रो थरीका बच्चामा दूध पिउन समस्या हुन्छ । दूध पिउँदा पसिना निस्कने, चाडै थकिन हुने तथा बारम्बार निमोनियाको लक्षण देखा पर्ने गर्छ । यस्ता समस्या भएमा मुटुबाट आवाज निस्कने गर्छ । दुवै अवस्थामा मुटुको प्वाल सानो भएमा यस्तो समस्या ढिलो थाहा हुन्छ । यो समस्या पत्ता लागे शल्यकि्रया तथा एन्जोप्लाष्टीद्धारा समस्याको समाधान गर्न सकिन्छ ।

उपचार विधि

आधुनिक उपचार विधिद्धारा गर्भावस्थाको १८ हप्तामै फीटल इको कार्डियाग्राम गरेर यो रोग पत्ता लगाउन सकिन्छ, जसमा हार्ट अल्ट्रासाउण्ड मेसिन प्रयोग गरिन्छ । शिशुमा यदी कुनै प्रकारको विकार वा माथि उल्लेख गरिएको समस्या देखिएमा पिसाबको जाँच तथा रक्त परिक्षणद्धारा पनि यो रोग पत्ता लगाउन सकिन्छ । साथै, इकोकार्डियोग्राम, इसिजी, छातीको एक्सरेबाट पनि यो रोग पत्ता लगाउन सकिन्छ ।

यो रोग लागेमा एंजियोप्लाष्टीद्धारा मुटुको आकार, साइज तथा गहिराई मापन गरिन्छ । त्यसपछि क्याथेटरद्धारा उक्त प्वाललाइ उपकरणद्धारा बन्द गरिन्छ । उक्त उपकरण प्रयोग गरिने प्रकृया एंजियोप्लाष्टीजस्तै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment