Comments Add Comment

इन्जुरी टाइममा रोनाल्डो चम्किएपछि सलाहको इजिप्ट हार्‍यो


१० चैत, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले इन्जुरी टाइममा दुई गोल गरेपछि इजिप्ट पोर्चुगलसँग पराजित भएकाे  छ ।

मैत्रीपूर्ण खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले इजिप्टसँग खेल्दा दुई स्ट्राइकर रोनाल्डो र मोहम्मद सलाहको प्रतिस्पर्धा पनि थियो । तर रोनाल्डोले बाजी मारे ।

खेलमा अग्रता भने इजिप्टले सलाहको गोलबाटै लिएको थियो । ५६ औं मिनेटमा सलाहले गोल गरेका हुन् ।

तर इन्जुरी टाइमको दोस्रो मिनेटमा रोनाल्डोले बराबरी गोल गरे भने दुई मिनेटपछि अर्को गोल गर्दै टिमलाई जिताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment