Comments Add Comment

रुसमाथि ब्राजिलको सहज जित

१० चैत, काठमाडौं । ब्राजिलले १३ मिनेटभित्र तीन गोल गरेको छ र विश्वकप आयोजक रुसमाथि सहज जित हात पारेको छ ।

शुक्रबार राति भएको मैत्रिपूर्ण खेलमा ब्राजिलले रुसलाई ३–० ले हराएको हो ।

खेलको पहिलो हाफमा ब्राजिल हाबी भएपनि गोल हुन सकेको थिएन तर, ५३ औं मिनेटमा मिरान्डाले गोल गरे ।

खेलको ६२ औं मिनेटमा काउटिन्होले पेनाल्टीमा गोल गरे भने चार मिनेटपछि ब्राजिलका लागि पाउलिन्होले गोल गरे ।

ब्राजिलको अर्को मैत्रिपूर्ण खेल जर्मनीसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment