Comments Add Comment

के मोदीलाई प्रधानमन्त्री बनाउन फेसबुकले मद्दत गरेको थियो ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फेसबुकका संस्थापक मार्क जुकरबर्ग

१० चैत, काठमाडौं । क्याम्ब्रिज एनालिटिकासँग सम्बन्धित एक भारतीय कम्पनीका संस्थापकले भनेका छन् यसका सीईओ एलेक्जेन्डर निक्सले भारतीय चुनावलाई प्रभावित पार्ने कोशिश गरेका थिए । अवनीश राय एससीएल इन्डियाका संस्थापक हुन्, जो लन्डनमा एससीएल ग्रुप र ओव्लेनो बिजनेस इन्टेलिजेन्सका ज्वाइन्ट भेन्चर हुन् ।

अवनीश रायका अनुसार एलेक्जेन्डर निक्सले २०१४ को संसदीय चुनावअघि भारतको भ्रमण गरेका थिए र त्यसबेला सत्ताधारी कांग्रेस पार्टीलाई हराउनका लागि एक अज्ञात क्लाइन्टका साथ काम गरेका थिए । उक्त चुनावमा नरेन्द्र मोदीलाई निर्णायक जीत मिलेको थियो । मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) ले ५४३ लोकसभा सिटमध्ये २८२ सिट जितेको थियो ।

पार्टीहरु के भन्छन् ?

कांग्रेस र भाजपा दुवै एसीसीएल इन्डियाको क्लाइन्ट लिस्टमा छन्, तर दुवै पार्टीहरु यस कम्पनीसँग कुनै पनि प्रकारको सम्बन्ध रहेको अस्वीकार गर्दछन् । कांग्रेसको सामाजिक सन्जाल हेर्दै आएकी दिव्या स्पन्दनाले बीबीसीसँग भनेकी छन्, ‘कांग्रेसको क्याम्ब्रिज एनालिटिकासँग कुनै सम्बन्ध छैन । अवनीश रायको भनाइले पनि यस कुरालाई पुष्टि गर्दछ जुन कुरा कांग्रेसले भन्दै आएको छ ।’

यस मामलामा भाजपाका आईटी र सोशल मिडियाका प्रमुख अमित मालवीय भन्छन्, ‘मलाई थाहा छैन अवनीश कुमार राय को हुन् । भाजपाको उनीसँग कुनै सम्पर्क छैन । मैले उनको अन्तर्वार्ता पनि हेरेको छैन । हाम्रो क्याम्ब्रिज एनालिटिकासँग सम्बन्धित कुनै पनि कम्पनिसँग कुनै सम्बन्ध छैन ।’

यसअघि भारतको कानुन र आईटी मन्त्री रविशंकर प्रसादले भनेका थिए कि क्याम्ब्रिज एनालिटिकासँग कांग्रेसले सहकार्य गरेका रिपोर्टहरु थिए । उनले कांग्रेस प्रमुख राहुल गान्धीसँग उनको सोशल मिडियामा बढेका फलोअर्सबारे कम्पनीको भूमिकामाथि जवाफ दिन पनि भनिएको थियो ।

रविशंकर प्रसादले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई सार्वजनिक रुपमा चेतावनी दिएका थिए, ‘यदि फेसबुकले भारतको लोकतान्त्रिक प्रक्रियामा कनै प्रकारको गडबडी गरेको पाइयो भने उसविरुद्ध कडा कारवाही गरिनेछ । हाम्रो सूचनाप्रविधि ऐन निकै मजबुत छ । हामी यसको प्रयोग गर्न सक्छौं । हामी जुकरबर्गलाई भारत पनि झिकाउन सक्छौं ।’

केसी त्यागीको सम्बन्ध

एससीएल इन्डियाका प्रमुख अमरीश त्यागीको बुवा केसी त्यागी बिहारमा शासन गर्दै आएको जनता दल युनाइटेड पार्टीको वरिष्ठ नेता हुन् । बिहारमा यो मुद्दा राजनीतिक मुद्दा बनिसकेको छ ।

केसी त्यागीले बीबीसीसँग भनेका छन्, ‘अमरीशको कम्पनि गाउँमा कति जाती, कति बनियाँ, कति ब्राह्मण छन् त्यसको गणना धेरै गर्दछ । उसले ट्रम्पवाला चुनाव (अमेरिकी राष्ट्रपतिको चुनाव)मा भारतीय मुलका व्यक्तिहरुलाई जोड्ने काम गरेको थियो । र, हामी यस कुराको स्वीकार गर्दैआएका छौं । तर, के हामीले फेसबुकलाई भनेका छौं कि त्यहाँ गडबडी गर भनेर ? त्यहाँ फेसबुकबाट गडबडी भयो भने त यहाँ यसको विरुद्ध कुनै अपराधको मुद्दा बन्दैन ।’

भारतमा तथ्यांकको सुरक्षालाई लिएर गम्भीर चासो छ, के भारत जस्तो ठूलो देशमा सोशस मिडियाको तथ्यांकमा आधारित जानकारीको प्रयोग गरेर चुनावलाई प्रभावित पार्न सकिन्छ ?

चुनावी सर्भे गर्ने संस्था सीएसडीएसका सन्जय कुमार भन्छन्, ‘प्रजातन्त्रलाई यति धेरै खतरा छैन जति यसबारे पछिल्ला दिनदेखि चर्चा भइरहेको छ । भारतीय मतदाताको समस्या बिजुली, पानी, सडक, रोजगार हो भन्ने कुरा हामी सबैलाई थाहा छ । यस्तो कुन खास चिज होला म जस्तो मतदाताभित्र जो हामी आफ्नो फेसबुकमा लेख्छौं । भारतीय राजनीतिक पार्टीहरु मतदाताहरुको मतलाई बुझ्न सक्छन् । र यसका लागि उनीहरुलाई अन्त कतैबाट तथ्यांक लिन जरुरत छैन ।’

यस कम्पनीले भारतमा राजनीतिक दलसँग के काम गर्यो र ति दललाई के फाइदा भयो, यसबारेमा कयौं जिज्ञासा छन् । यी ताजा आरोपमाथि बीबीसीले क्याम्ब्रिज एनालिटिकालाई इमेलमार्फत् जुन प्रश्न पठाएको छ, त्यसको जवाफ अझै प्राप्त भएको छैन । साथै एससीएल इन्डियाका संस्थापक अवनीश रायसँग कुरा गर्ने कोशिस पनि भयो तर बीबीसीलाई भनियो कि अब उनी मिडियासँग कुरा गर्न चाहँदैनन् ।

एससीएल भारतमा के गर्छ ?

एससीएल इन्डियाको दावी छ कि उससँग ३ सय स्थायी कर्मचारीहरु छन् । भारतका १० राज्यमा शाखा कार्यालयमा १ हजार ४ सयभन्दा बढी कन्सल्टिङ कर्मचारी छन् ।

यसले भारतमा धेरै प्रकारका सेवा प्रदान गर्दछ । त्यसमा ‘राजनीतिक अभियान प्रवर्धन’ पनि हो । यो मातहत सोशल मिडिया रणनीति, चुनावी अभियान प्रवद्र्धन र मोबाइल मिडिया म्यानेजमेन्ट गरिन्छ । सोशल मिडिया रणनीति अन्तर्गत यो कम्पनी ‘ब्लगर र प्रभावशाली मार्केटिङ’, ‘अनलाइनको दुनियामा छवि निर्माण’ र ‘सोशल मिडिया अकाउन्टको दैनिक प्रवन्धन’ जस्ता सेवाहरु प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment