Comments Add Comment

ट्रम्पसँग अफेयर रहेको दावी गर्ने यी तीन महिला

१० चैत, काठमाडौं । प्ले ब्वाई म्यागेजिनकी पूर्व मोडल क्यारन म्याकडगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पसँग माफी मागेकी छन् । उनको दावी थियो कि सन् २००६ मा ट्रम्पसँग उनको अफेयर थियो ।

समाचार च्यानल सीएनएनलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘म १० महिनासम्म चलेको प्रेम सम्बन्धका लागि मेलानियासँग माफी माग्न चाहान्छु र म चाहँदैन कि मसँग पनि यस्तो होस् ।’

उनले यो पनि भनिन् कि पहिलो पटक नजिकिएपछि ट्रम्पले उनलाई पैसा दिने बताएका थिए । त्यसपछि घर फर्किएपछि उनी रोएकी थिइन् ।

राष्ट्रपति र ह्वाइट हाउसले भने यी आरोपलाई अस्वीकार गर्दछन् ।

गत बिहीबार सीएनएनका एन्डरसन कपुरसँग म्याकडगलले भनिन्, ‘जब म फर्किएर पछि हेर्छु र थाहा पाउँछु कि त्यो गलत थियो । म माफी माग्न चाहान्छु । मलाई थाहा छ जे मैले गरें, त्यो गलत थियो ।’

सन् २०१६ मा म्याकडगलले एक अखबारसँग १ करोड ५० लाख डलरको सम्झौता गरेकी थिइन् । जसअन्तर्गत उनी आफ्नो कहानी त्यस अखबारलाई भन्न राजी भएकी थिइन् । तर, यो लेख प्रकाशित भएको थिएन । अहिले म्याकडगल भन्छिन् ट्रम्पसँग उनको सम्बन्ध लुकाउनका लागि लेख प्रकाशित नगरिएको हो । अब उनी सम्झौता रद्ध गर्नका लागि अखबारमाथि मुद्दा हाल्ने तयारीमा छिन् ।

म्याकडगल ति तीन महिलाहरुमध्ये एक हुन् जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कथित सम्बन्ध भएको र यौन हिंसा भएको दावी गरेका छन् । र, अदालतको ढोका ढकढकाएका छन् ।

अन्य दुई महिलामध्ये एक पोर्न स्टार स्टर्मी डेनियल र दोस्रो ‘द ऐपरेन्टिस’ शोमा प्रतिस्पर्धा गरिसकेकी समर जेरवोस हुन् ।

स्टर्मी डेनियलको आरोप

पोर्न एक्ट्रेस स्टर्मी डेनियलको असली नाम स्टेफनी क्लिफर्ड हो । उनको दावी थियो कि राष्ट्रपति ट्रम्पसँग उनको अफेयर थियो । स्टर्मी डेयिनलले सन् २०११ मा इनटच म्यागजिनमा दिएको अन्तर्वार्तामा ट्रम्पसँग यौन सम्बन्ध भएको दावी गरेकी थिइन् । त्यस कुरालाई पुष्टि गराउनका लागि लाइफ एन्ड स्टाइल म्यागजिनले स्टर्मीलाई डिटेक्टर टेस्ट गराएको थियो जुन यसअघि कहिल्यै सार्वजनिक गरिएन ।

स्टेफनीको दावी छ कि ट्रम्पको निजी वकिल माइकल कोहेनले अक्टुबर २०१६ मा राष्ट्रपति चुनावभन्दा ठीकअघि उनीसँग १ लाख ३० डलरको सम्झौता गरेका थिए । स्टेफनी अब यस सम्झौतालाई अन्त्य गर्न अदालत पुगेकी छन् । उनका वकिलका अनुसार उनले यसलाई स्वीकार्न धम्की दिइएको थियो ।

यसै वर्ष फेब्रुअरीमा कोहनले अमेरिकी मिडियासामु स्वीकार गरेका थिए कि उनले सन् २०१६ मा एक पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएका थिए ।

ट्रम्पले स्टेफनीले लगाएका आरोपलाई अस्वीकार गर्दै आएका छन् । उनका वकिलले स्टेफनीमाथि दुई करोड डलरको दावी गरेका छन् । उनका भनाइ छ कि स्टेफनीले गोप्य डिललाई तोडेकि छन् ।

आइतबार समाचार च्यानल सीबीएस न्यूजमा स्टर्मी डेनियलको अन्तर्वार्ता प्रसारण हुँदैछ ।

समर जेरवोसको आरोप

समर जेरवोस २००६ मा द एप्रेन्टिसको सीजन ५ की प्रतियोगी समेत रहिसकेकी छन् । उनले २०१६ मा राष्ट्रपति चुनाव अभियानको क्रममा डोनाल्ड ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनको भनाइ थियो सन् २००७ मा ट्रम्पले जागिरको सिलसिलामा भेट्नलाई बोलाएका थिए । उनी ट्रम्पलाई भेट्न बेवेरली हिस्ल होटलको एक भवनमा पुगिन् । ट्रम्पले उनको स्वागत अनुहारमा चुम्बन गरेर गरे ।

जेरवोसले भनेकी छन्– म ट्रम्पको कब्जाबाट छुट्ने कोशिस गरिरहेको थिएँ तर ट्रम्पले मलाई बेडरुममा लैजाने प्रयास गरिरहेका थिए ।

ट्रम्पले जेरवोसले लगाएका आरोपलाई अस्वीकार गर्दै आएका छन् । उनको भनाइ छ कि आरोप लगाउने जेरवोस र अन्य महिलाहरु ‘बिमार मानसिकता’का छन् । र, उनीहरुलाई पैसा, नाम र राजनीतिमा मौका पाउनका लागि उक्साइएको हो ।

जेरवोसले जनवरी २०१७ मा ट्रम्पविरुद्ध मानहानीको दावी गरेकी थिइन् तर ट्रम्पका वकिलहरुले राष्ट्रपतिविरुद्ध मुद्दा चलाउन नसकिने बताएका थिए । न्यूयोर्कको एक अदालतले तल्लो अदालतको यस फैसलालाई उल्टाइदिएको छ । यसको मतलव यो हो कि अब राष्ट्रपतिविरुद्ध लगाइएको आरोपको सुनुवाइ हुनेछ ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment