Comments Add Comment

गृहमन्त्रीको निर्देशनः बाटोमा फोहोर फाल्नेलाई कारबाही गर्नुस्


१० चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बाटोमा जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

चक्रपथ सरसफाईको ५० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा बादलले फोहोर गर्नु भ्रष्टाचार सरह भएको बताए । उनले भने, ‘जसले बाटोमा फोहोर फाल्छ, प्रहरी जवानहरुले उनीहरुलाई गिरफ्तार गर्नुपर्छ, सजाय दिनुपर्छ ।’

आम जनताले पनि फोहोर फाल्नेहरुलाई सामाजिक दण्ड दिन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वातावरण सरसफाईका लागि सबैपक्ष जिम्मेवार हुनुपर्ने बताए ।

२ वैशाखबाट सुरु भएको अभियान अन्तरगत हालसम्म ७५० मेटि्रक टन फोहर हटाइसकेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment