Comments Add Comment

बल टेम्परिङ विवादमा फस्यो अष्ट्रेलियन क्रिकेट

११ चैत, काठमाडौं । अष्ट्रेलियन क्रिकेटर ‘बल टेम्परिङ’ विवादमा फसेका छन् । अष्ट्रेलिया क्रिकेट बोर्डले यसबारे छानविन थालेको छ ।

अफ्रिकाविरुद्धको तेस्रो टेस्टका क्रममा अष्ट्रेलियाका ओपनर क्यामरुन बेनक्राफ्टले बल टेम्परिङ गरेका हुन् । उनले आफ्नो गल्ती स्वीकार गरेका छन् ।

अष्ट्रेलियाका कप्तान स्टिभ स्मीथले यो गम्भीर र आश्चर्यजनक भएको प्रतिक्रिया दिएका छन् ।

के हो बल टेम्परिङ ?

बेनक्राफ्टले ‘बल टेम्परिङ’ गर्दै गरेको भिडियो फुटेज नै सार्वजनिक भएको छ ।

खेल ४३ ओभरमा चलिरहेको थियो । जब बेनक्राफ्टको हातमा बल पुग्यो, बल चम्काउनु अघि उनले टेप जस्तो देखिने पहेँलो बस्तु हातमा टाँसेका थिए । बल चम्काएपछि फेरि त्यसलाई उनले खल्तीमा हाले ।

जब यो फुटेजमा देखियो, अम्पायर निजेल लग र रिचर्ड इलिङ्गवर्थले सामान्य सोधपुछ गरेका थिए । तर, अम्पायरले सोध्नुअघि बेनक्राफ्टले खल्तीमा रहेको पहेँलो टेप आफ्नो ट्राउजरभित्र लुकाएका थिए ।

उनले अम्पायरलाई ट्राउजरको खल्तीबाट चस्मा सफा गर्ने मुलायम कपडा मात्र देखाए ।

अम्पायरले उनलाई कुनै कारवाही गरेनन् र बल पनि परिवर्तन गरेनन् ।

हेर्नुस् भिडियो

तर, उनले हातमा पहेँलो टेप टाँसेर बल रगडेको देखिन्छ, जुन गैरकानुनी हो ।

कप्तानलाई पहिल्यै थाहा थियो !

बल टेम्परिङको भिडियो नै सार्वजनिक भएपछि बेनक्राफ्टले माफी मागेका छन् ।

साथै अष्ट्रेलिया क्रिकेट कप्तान स्टिभ स्मिथले यसबारे आफूसहित केही सिनियर खेलाडीलाई पहिल्यै थाहा भएको बताएका छन् । तर, अरु खेलाडीको नाम खुलाएनन् ।

उनले बल टेम्परिङ गम्भीर गल्ती भएको स्वीकार गरे । उनले भने, ‘अबका दिन यस्तो हुन्न ।’

तर, उनले कप्तानबाट राजीनामा नदिने बताएका छन् । स्मिथले भनेका छन्, ‘राजीनामा दिने कुनै सोच छैन । यो पदका लागि उपयुक्त छु भन्ने लाग्छ ।’

क्रिकेट अष्ट्रेलियाले भने दुई अधिकारीलाई दक्षिण अफ्रिका पठाएर अनुसन्धान गर्दैछ ।

यो भिडियो फुटेजको आधारमा यदि गलत गरेको पाइएमा बेनक्राफ्टमात्रै होइन, अष्ट्रेलिया क्रिकेट कप्तानलाई समेत कारवाही हुनसक्ने बताइन्छ ।

बल टेम्परिङलाई लिएर क्रिकेट अष्ट्रेलियाको निकै आलोचना भइरहेको छ र धेरैले अष्ट्रेलिया क्रिकेटको इतिहासमा ‘कालो दिन’ भनेेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment